Advertisement

‘बाउ भर्सेस छोरा’ होल्डमा, अब बन्ने भयो ‘होस्टेल अगेन’

काठमाडौं, साउन ५केही समयअघि सार्वजनिक घोषणा गरिएको नेपाली चलचित्र ‘बाउ भर्सेस छोरा’ हाललाई निर्माण टिमले होल्डमा राखेको छ । यसको सट्टा अब निर्माण टिमले नयाँ चलचित्र ‘होस्टेल अगेन’ निर्माण गर्ने औपचारिक जानकारी दिएको छ ।

सम्मान इन्टरटेन्मेन्ट र एरन कान फिल्म्सको सहकार्यमा निर्माण हुने यस नयाँ चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा रगतले लतपतिएको चक्कु, रातो गुलाफ र “Goodbye…” लेखिएको चिठ्ठी देख्न सकिन्छ, जसले प्रेम, रहस्य र थ्रिलरको मिश्रण रहने संकेत गर्छ ।

चलचित्रको कथा तथा निर्देशन सशान कँडेलले गर्दै छन् भने लेखकको रुपमा माधव शर्मा संलग्न छन् । चलचित्रका कार्यकारी निर्माता शंकर कोइराला रहेका छन् । पोस्टरमा उल्लेख गरिएको “Filming Soon…” ले चाँडै छायांकन सुरु हुने जानकारी दिन्छ ।

निर्माता टोलीका अनुसार ‘होस्टेल अगेन’ युवापुस्ताको होस्टेल जीवन, प्रेम, मित्रता र रोचक घटनाक्रमलाई समेट्ने नयाँ धारको नेपाली चलचित्र हुनेछ । यो चलचित्र ‘होस्टेल’ श्रृंखलाको अर्को अध्यायको रूपमा लिइएको छ ।

‘बाउ भर्सेस छोरा’ को प्रतिक्षामा रहेका दर्शकहरूका लागि यो समाचार केही आश्चर्यजनक भए पनि ‘होस्टेल अगेन’ को रहस्यमय पोस्टरले नयाँ उत्साह थपेको छ । अब यो चलचित्रले दर्शकहरूको मन कति जित्छ भन्ने कुराले सबैको ध्यान तानेको छ ।

– पुजन लामिछाने

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज