Advertisement

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै पेशागत सुदृढीकरण, हकहित संरक्षण र प्रविधिमैत्री अभ्यासलाई प्राथमिकता दिने निर्णय गरेको छ।

महाधिवेशनको उद्घाटन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गर्दै फोटो पत्रकारिता लोकतन्त्रको सशक्त स्तम्भ भएको बताए। उनले फोटो पत्रकारहरूको सुरक्षा, सम्मान र क्षमता अभिवृद्धिका लागि राज्यले ठोस नीति ल्याउनुपर्नेमा जोड दिए।

महाधिवेशनबाट अध्यक्षमा हरि प्रसाद रेग्मी, वरिष्ठ उपाध्यक्षमा सागर श्रेष्ठ, उपाध्यक्षमा दीपक ज्ञवाली र गजेन्द्र राई तथा महासचिवमा भरत ढकाल निर्वाचित भएका छन्।

सचिवहरूमा बाबुराम भण्डारी, जितलाल श्रेष्ठ, प्रविन बराल, दीपक गुरुङ, राजेश पराजुली, कोमलचन्द्र भगत र विशाल सुनार चयन भएका छन् भने कोषाध्यक्षमा निश्चल शर्मा चापागाईं निर्वाचित भएका छन्।

सदस्यहरूमा अमर बानियाँ, राहुल कुमार गुप्ता, दिलिप डल्लाकोटी, विरस बाबु साही, नसिम अन्सारी, श्रवण थापा, महेश आचार्य, सुनील पराजुली र राहुल कुमार गुप्ता चयन भएका छन्। साथै, चितवनका युवा पत्रकार नबिन पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

समापनसँगै सहभागीहरूले पेशागत एकता मजबुत बनाउँदै फोटो पत्रकारिताको स्तर उकास्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज