Advertisement

बागमती

शान्तिकुञ्जको १७औं स्थापना दिवस : रक्तदान र सहकारी शिक्षा

शान्तिकुञ्जको १७औं स्थापना दिवस : रक्तदान र सहकारी शिक्षा

बागमती, समाचार
रत्ननगर । रत्ननगर वडा नं १२ स्थित शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाको १७औं स्थापना दिवसको अबसरमा रक्तदान तथा सहकारी शिक्षा कार्यक्रम गरिएको छ । दिवसको अबसरमा जेठ १५ र १६ गते शेयर सदस्यहरुका लागि सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको सो सहकारीले शनिबार सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको हो । रत्ननगर नगरपालिका वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी प्रमुख अतिथि रहेको सो कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ । कार्यक्रममा १७ जना महिला सहित ३६ जनाले रक्तदान गरेको संस्थाकी अध्यक्ष निर्मला दंगालले जानकारी दिइन् । सो अबसरमा वडाध्यक्ष सुवेदीले महिलाहरुले सञ्चालन गरेको उद्यमी सहकारीले स्थानीय स्तरमा आर्थिक विकास र महिलाहरुलाई उद्यमी बनाउन महत्वपूर्ण भूमिका निर्बाह गरेको बताए । शान्तिकुञ्जले सुरु गरेको उद्योगको रुपमा दुध संकलन र त्यसको विविधिकरणको ...
जनतासंग पानीका कुराको पहिलो श्रृंखला पुरा

जनतासंग पानीका कुराको पहिलो श्रृंखला पुरा

Breaking News 2, बागमती, समाचार
रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत वडा नं ३ वडा समितिले जनतासंग पानीका कुरा कार्यक्रमको पहिलो श्रृंखला पुरा गरेको छ । खानेपानीको महत्व बुझाउदै उपभोक्ताको सुझाब संकलन र समस्या सामधानको लागि टोल स्तरमा जनतासंग पानीका कुरा कार्यक्रम सञ्चालन गरिएको थियो । वडा समितिले उक्त कार्यको शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरेको छ । संस्थाका अध्यक्ष माधव अर्याल प्रमुख अतिथि रहेको कार्यक्रममा कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडा समितिका संयोजक शम्भूभक्त थपलियाले सप्ताहव्यापी घरदैलो अभियान सञ्चालन गरिएको जानकारी दिए । घरदैलोमा पाइप लाइन नपुगेको ठाउँहरुमा पहिचान सहित विस्तार, पानीको गुणस्तरको अवस्था र समाधान, जन गुनासोको कुरा सम्बन्धित निकायमा राख्ने, उपभोक्ताहरुको सुझावलाई संकलन, पानीको स्रोत संरक्षणमा उपभोक्ताहरुको दायित्वलाई बोध, धारा नजोडेका उपभोक्ताहरुको अव...
रत्ननगर ९ मा राय सुझाव संकलन कार्यक्रम, १ करोडको बजेट रहने

रत्ननगर ९ मा राय सुझाव संकलन कार्यक्रम, १ करोडको बजेट रहने

अर्थ, बागमती, समाचार
१६ जेठ, रत्ननगर । रत्ननगर नगरपालिका ९ नम्वर वडा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्नका लागि वडाका जनप्रतिनिधि र विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा राय सुझाव संकलन गरेको छ । वडा कार्यालय परिषरमै आज एक कार्यक्रमको आयोजना गरि राय, सुझाव संकलन गरिएको हो । कार्यक्रममा वडामा रहेका सम्पूर्ण संघ, संस्था, वन, महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य केन्द्र, मेलमिलापका प्रतिनिधीहरु संग छलफल गरिएको थियो । करिव १ करोड बराबरको बजेट वडा संग रहने जानकारी उक्त कार्यक्रममा गराईएको थियो । कार्यक्रममा वडास्तरीय मेलमिलाप समिति संयोजक मणिप्रकाश खतिवडा, मोहना माध्यमिक विद्यालयका प्र.अ. दयाराम ढकाल, कपरफोरी माध्यमिक विद्यालयका प्र.अ. डा.विष्णु कट्टेल, आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख विदुर प्रसाद बस्ताकोटी, टिकौली मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष ...
भण्डाराका प्रहरीहरूलाई प्राथमिक उपचार तालिम: रेडक्रस चितवनद्वारा तालिम र सामग्री हस्तान्तरण

भण्डाराका प्रहरीहरूलाई प्राथमिक उपचार तालिम: रेडक्रस चितवनद्वारा तालिम र सामग्री हस्तान्तरण

Breaking News 2, बागमती, समाचार, स्वास्थ्य
चितवन, भण्डारा – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनको आयोजनामा र उपशाखा भण्डाराको समन्वयमा, इलाका प्रहरी कार्यालय भण्डारामा एकदिने प्राथमिक उपचार तालिम सम्पन्न गरिएको छ । सो तालिममा इप्रका भण्डारा तथा मातहतका कार्यालयहरूमा कार्यरत प्रहरी प्रमुख, प्रहरी जवानहरू र ट्राफिक प्रहरीहरूको सक्रिय सहभागिता रहेको थियो । तालिमको उद्देश्य आपतकालीन अवस्थामा आवश्यक पर्ने आधारभूत स्वास्थ्य सहायता सम्बन्धी ज्ञान र सीप प्रदान गर्नु रहेको थियो। तालिमको सहजीकरण रेडक्रस जिल्ला शाखाका उपमन्त्री महेश्वर थपलिया र शाखा सदस्य रुद्र अधिकारीले गर्नुभएको थियो । सहभागीहरूले प्राथमिक उपचारका आधारभूत विधि, रक्तस्राव नियन्त्रण, हड्डी भाँचिएको अवस्थामा गरिने सल्लाह र तत्कालीन उपचार, जलन वा दुर्घटनाका घटनामा आवश्यक हुने उपायहरूबारे जानकारी लिएका थिए। कार्यक्रमको विशेष अवसरमा रेडक्रस जिल्ला शाखाले प्राथमिक उपच...
युनिक साकोस पर्सा सेवा केन्द्रद्वारा श्रीकृष्ण मन्दिर खैरहनीलाई एल.सि.डि हस्तान्तरण

युनिक साकोस पर्सा सेवा केन्द्रद्वारा श्रीकृष्ण मन्दिर खैरहनीलाई एल.सि.डि हस्तान्तरण

Breaking News 2, धर्म संस्कृति, बागमती, समाचार
खैरहनी,जेठ ८ । पुर्वी चितवनको खैरहनी-१ पर्सास्थित युनिक बचत तथा ॠण सहकारी संस्थाको सेवा केन्द्रले बिहिबार एक कार्यक्रमको बिच खैरहनी-१ साईचोकमा रहेको श्री कृष्ण मन्दिरलाई ४३ ईन्चको एल.सि.डि हस्तान्तरण गरेको छ। कार्यक्रममा सो साकोसको पर्सा सेवा केन्द्रका संयोजक राममणी न्यौपाने र खैरहनी नगरपालिका वडा नम्वर-१ का वडा अध्यक्ष नवराज भुषालले मन्दिर व्यवस्थापन समितिलाई संयुक्त रुपमा सो सामग्री हस्तान्तरण गरेका हुन। सो सेवा केन्द्रका संयोजक राममणी न्यौपानेको अध्यक्षता रहेको उक्त कार्यक्रममा खैरहनी नगरपालिका वडा नम्वर-१ का वडा अध्यक्ष नवराज भुषाल प्रमुख अतिथिको रुपमा रहेका थिए। त्यस्तै,विशिष्ट अतिथिमा रोटरी क्लव अफ पुर्वी चितवनका बर्ष २०२५/२६ का अध्यक्ष गुण बहादुर अर्याल(महेश)रहनुभएको थियो। कार्यक्रम शुभकामना मन्तव्य राख्दै सो सेवा केन्द्रका कोषाध्यक्ष केशव प्रसाद रिजालले विगत देखि नै समुदाय...
गोन्द्राङमा दुई करोड २३ लाख लागतमा राईनो पार्क बन्दै

गोन्द्राङमा दुई करोड २३ लाख लागतमा राईनो पार्क बन्दै

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार
चितवन । भरतपुर–१२ को गोन्द्राङमा नगर स्तरीय पार्क निर्माण हुने भएको छ । साढे करोड बढी लागतमा निर्माण हुने राईनो पार्क तथा खुला चिडियाखानाको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी छन्। उनले भरतपुर महानगरपालिकाको एक वडा, एक पार्कको नीति अनुसार राजमार्गसँग जोडिएको यस ठाँउमा पार्क निर्माण गर्न लागिएको बताइन् । उनका अनुसार यो पार्कमा विभिन्न पर्यटकीय पूर्वाधारहरु निर्माण र सौन्दर्यकरणको काम हुनेछ । राईनो पार्क भरतपुर आउने पर्यटकलाई नजिकै छोटो समय घुमघाम गर्न उपयुक्त स्थान बन्ने विश्वास व्यक्त गरिन्। बेलशहर सामुदायिक वन क्षेत्रमा पर्ने पार्क ८ विघा क्षेत्रफलमा निर्माण हुनेछ । गौतम मोर्डन जेभीले २०८२ कात्तिक ७ गतेभित्र निर्माण सम्पन्न हुने गरी मूल्य अभिवृद्धि करसहित रु २ करोड २३ लाख ८ हजार ६५४ रुपैयाँमा पार्कको निर्माण गर्नेछ । भरतपुर महागनरपालिक...
ट्राफिक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटेको घटना: जिम्मेवारीबाट हटाएर अनुसन्धान गर्दै प्रहरी

ट्राफिक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटेको घटना: जिम्मेवारीबाट हटाएर अनुसन्धान गर्दै प्रहरी

Breaking News 2, बागमती, समाचार
ट्राफिक प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर र प्रहरी जवानमाथि प्रहरीले सोधपुछ गरिरहेको छ। बुधबार बिहान ट्राफिक प्रहरी इन्स्पेक्टरले प्रहरी जवानलाई थप्पड हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडिओ भाइरल भएसँगै  ट्राफिक प्रहरी कार्यालय काठमाडौं उपत्यका ट्राफिक कार्यालयले ट्राफिक प्रहरी इन्स्पेक्टर जितेन्द्र कुमार साहलाई बोलाएर सोधपुछ गरिरहेको छ भने प्रहरी जवान मदन खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोधपुछ गरिरहेको छ। उनीहरू दुवै जनालाई जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार प्रहरी जवानले आर्थिक लेनदेन गरेको हुनाले  ट्राफिक प्रहरी इन्स्पेक्टरले थप्पड हानेको बताएका छन्। तर यसबारे थप सोधपुछ भइरहेको छ। 'एक पक्षको मात्र कुरा सुनेर हुँदैन। दुवै पक्षबीच सोधपुछ चलिरहेको छ,' एसपी गिर...
प्यारागन सेकेन्डरी स्कुलका विद्यार्थीले गरे चरा अबलोकन

प्यारागन सेकेन्डरी स्कुलका विद्यार्थीले गरे चरा अबलोकन

Breaking News 2, बागमती, शिक्षा, समाचार
रत्ननगर । 'बुक फ्रि डे' अन्तर्गत रत्ननगर- १० मा रहेको प्यारागन सेकेन्डरी स्कुलमा अध्ययनरत कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई वर्ड एजुकेशन सोसाईटीले बुधवार बिसहजारी ताल र भरतपुर महानगरको बाटुली पोखरीमा चरा अबलोकन गराएकोछ । चरा मार्न हुँदैन, चरा संरक्षण गर्नुपर्छ भन्ने उद्धेश्यले वर्ड एजुकेशन सोसाईटीले बुधवार विद्यार्थीहरूलाई चरा अवलोकन गराएको हो । वर्ड एजुकेशन सोसाईटीले हरेक शनिवार फरक फरक स्थानमा चराहरु अबलोकन गराउदै आइकोछ । विभिन्न विद्यालयहरुमा पुगी सोसाईटीले चरा संरक्षण सम्बन्धी सचेतना फैलाउदै आएको छ । गत वर्षदेखि प्रत्यक महिनाको अन्तयमा नर्शरी देखि कक्षा १० सम्मका विद्यार्थीलाई 'बुक फ्रि डे' गराउदै आएको प्यारागन बिद्यालयले सोही अन्तर्गत यो वर्षको पहिलो कार्यक्रम अन्तर्गत बिसहजारी ताल र बाटुली पोखरीमा चरा अबलोकन गराईएको बिद्यालयका सह-प्राचार्य ओम राज आचार्यले जानकारी दिए ...
८ घन्टादेखि बिपी राजमार्ग अवरूद्ध

८ घन्टादेखि बिपी राजमार्ग अवरूद्ध

Breaking News 1, काभ्रे, ताजा अपडेट, बागमती, समाचार
अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ। सोमबार रातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मंगलटारतर्फको सडक राति थप क्षति पुर्‍याएपछि राजमार्ग खुलाउन सकिएको थिएन। उनले प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको बताए। गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो। प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ। यसैबीच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता यहाँकी एक महिलाको मंगलबार पनि खोजी सुरू गरिएको प्रहरीले ज...
मानव अधिकार र जलवायु परिवर्तनको प्रभाव बारे भरतपुरमा अन्तरक्रिया

मानव अधिकार र जलवायु परिवर्तनको प्रभाव बारे भरतपुरमा अन्तरक्रिया

बागमती, विचार, शिक्षा, समाचार, स्वास्थ्य
सीमान्तकृत आदिवासी समुदायहरूमा जलवायु परिवर्तनको गम्भीर नकारात्मक प्रभाव परेको भन्दै आज भरतपुरमा अन्तरक्रिया गरिएको छ । सीमान्तकृत आदिवासी समुदायको मानव अधिकारको अवस्था समेत नाजुक रहेको विषयमामा अन्तरक्रिया केन्द्रित थियो । कार्यक्रममा गैसस महासंघ चितवनका कोषाध्यक्ष जनक कार्कीले कायक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेपालमा जलवायु परिवर्तनको अवस्था गम्भीर बन्दै गएको, हिमाली, पहाडी र तराई क्षेत्र वोवास गर्ने सीमान्तकृत समुदायहरूमा यसको नकारात्मक प्रभाव पर्न थालेको भन्दै स्थानीय सीमान्तकृत आदिवासी समुदायहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको बताउनु भयो । कार्यक्रमहरूले सीमान्तकृत समुदायका आवाजलाई उजागर गर्दै नीति निर्माणमा समावेशीता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने उँहाको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले हाम...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज