युनिक साकोस पर्सा सेवा केन्द्रद्वारा श्रीकृष्ण मन्दिर खैरहनीलाई एल.सि.डि हस्तान्तरण

खैरहनी,जेठ ८ । पुर्वी चितवनको खैरहनी-१ पर्सास्थित युनिक बचत तथा ॠण सहकारी संस्थाको सेवा केन्द्रले बिहिबार एक कार्यक्रमको बिच खैरहनी-१ साईचोकमा रहेको श्री कृष्ण मन्दिरलाई ४३ ईन्चको एल.सि.डि हस्तान्तरण गरेको छ।

कार्यक्रममा सो साकोसको पर्सा सेवा केन्द्रका संयोजक राममणी न्यौपाने र खैरहनी नगरपालिका वडा नम्वर-१ का वडा अध्यक्ष नवराज भुषालले मन्दिर व्यवस्थापन समितिलाई संयुक्त रुपमा सो सामग्री हस्तान्तरण गरेका हुन।

सो सेवा केन्द्रका संयोजक राममणी न्यौपानेको अध्यक्षता रहेको उक्त कार्यक्रममा खैरहनी नगरपालिका वडा नम्वर-१ का वडा अध्यक्ष नवराज भुषाल प्रमुख अतिथिको रुपमा रहेका थिए। त्यस्तै,विशिष्ट अतिथिमा रोटरी क्लव अफ पुर्वी चितवनका बर्ष २०२५/२६ का अध्यक्ष गुण बहादुर अर्याल(महेश)रहनुभएको थियो।

कार्यक्रम शुभकामना मन्तव्य राख्दै सो सेवा केन्द्रका कोषाध्यक्ष केशव प्रसाद रिजालले विगत देखि नै समुदाय लक्षित विविध कार्यक्रम गर्दै आएको यस संस्थाले निरन्तरता दिने क्रममा सो मन्दिरमा भजन श्रवण गर्न आउने वृद्ध वृद्धाहरु लगायत सम्पुर्णका लागी श्रव्य दृश्य सामग्री प्रदान गरिएको बताउनुभयो।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथी भुषालले मन्दिर केवल आस्थाको केन्द्र मात्रै नभएर समुदायको एकता र संस्कृतिको प्रतीक भएको बताउँदै यो सामग्री प्रदान सँगै सबैमा निरन्तर भेटघाट र अपनत्व कायम हुनेमा विश्वास व्यक्त गरे।

उक्त कार्यक्रममा सो सेवा केन्द्रका संयोजक न्यौपानेले विगत देखि नै विविध कार्यक्रम गर्दै आएको यस संस्थाले आवश्यक अनुसार आगामी दिनमा पनि सेवामुखी र जनमुखी काम गर्दै अघि बढ्ने बताउनुभयो।साथै,एल.सि.डि प्रदान गर्दै उनले भने,”यो श्रव्य दृश्य मार्फत प्रसारण हुने आध्यात्मिक सामग्रीले आम जनसमुदायमा सकारात्मक भाव पैदा भई जीवन नै परिवर्तन हुने सकेमा यो प्रयासले सार्थक रुप पाउने बताउनुभयो।

त्यस्तै,सोही दिन मन्दिर परिसरको सरसफाई समेत गरिएको छ।

कार्यक्रममा श्रीकृष्ण मन्दिरका सचिव नारायण प्रसाद भट्टराईले धन्यवाद मन्तव्य राख्नुभएको थियो।

कार्यक्रम सेवा केन्द्रकी कार्यालय प्रमुख श्रद्धा बगालेले संचालन गर्नुभएको थियो।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज