मानव अधिकार र जलवायु परिवर्तनको प्रभाव बारे भरतपुरमा अन्तरक्रिया

सीमान्तकृत आदिवासी समुदायहरूमा जलवायु परिवर्तनको गम्भीर नकारात्मक प्रभाव परेको भन्दै आज भरतपुरमा अन्तरक्रिया गरिएको छ । सीमान्तकृत आदिवासी समुदायको मानव अधिकारको अवस्था समेत नाजुक रहेको विषयमामा अन्तरक्रिया केन्द्रित थियो ।

कार्यक्रममा गैसस महासंघ चितवनका कोषाध्यक्ष जनक कार्कीले कायक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेपालमा जलवायु परिवर्तनको अवस्था गम्भीर बन्दै गएको, हिमाली, पहाडी र तराई क्षेत्र वोवास गर्ने सीमान्तकृत समुदायहरूमा यसको नकारात्मक प्रभाव पर्न थालेको भन्दै स्थानीय सीमान्तकृत आदिवासी समुदायहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको बताउनु भयो । कार्यक्रमहरूले सीमान्तकृत समुदायका आवाजलाई उजागर गर्दै नीति निर्माणमा समावेशीता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने उँहाको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले हामी बसोवास गर्ने पृथ्वीलाई स्वस्थ, हराभरा सुन्दर राख्नु पर्ने बताउनु भयो । प्रकतिक सम्पदा संग नजिक रहने समुदायहरू जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुनेहरूमा पर्ने भन्दै सरकारले सीमान्तकृत तथा अदिवासी समुदायलाई नीति निर्माण प्रकृयामा सहभागीता गराउनु पर्नेमा उँहाले जोड दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय चितवनका सहायक सिडियो चूडामणि गौतमले सीमान्तकृत बर्गहरुलाई लक्षित गरेर जलवायु परिवर्तन र यसले पारेको प्रभाबको बारेमा स्वयम् लक्षित बर्गहरुको सहभागीतामा कार्यक्रम गर्नु महत्व पुर्ण रहेको बताउनुभयो ।

साप नेपाल र डेक नेपालको सहयोगमा गैर सरकारी संस्था महासंघ चितवनले आयोजना गरेको कार्यक्रमलाई गैर सरकारी संस्था महासंघ चितवनका सचिव रामचन्द्र आचार्यले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रम संस्थाकी अध्यक्ष पार्वती घिमिरे दवाडीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लाभर बाट ३० जनाको सहभागीता थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण बुटवल–१८ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अध...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज