चितवन, भण्डारा – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनको आयोजनामा र उपशाखा भण्डाराको समन्वयमा, इलाका प्रहरी कार्यालय भण्डारामा एकदिने प्राथमिक उपचार तालिम सम्पन्न गरिएको छ ।
सो तालिममा इप्रका भण्डारा तथा मातहतका कार्यालयहरूमा कार्यरत प्रहरी प्रमुख, प्रहरी जवानहरू र ट्राफिक प्रहरीहरूको सक्रिय सहभागिता रहेको थियो । तालिमको उद्देश्य आपतकालीन अवस्थामा आवश्यक पर्ने आधारभूत स्वास्थ्य सहायता सम्बन्धी ज्ञान र सीप प्रदान गर्नु रहेको थियो।
तालिमको सहजीकरण रेडक्रस जिल्ला शाखाका उपमन्त्री महेश्वर थपलिया र शाखा सदस्य रुद्र अधिकारीले गर्नुभएको थियो । सहभागीहरूले प्राथमिक उपचारका आधारभूत विधि, रक्तस्राव नियन्त्रण, हड्डी भाँचिएको अवस्थामा गरिने सल्लाह र तत्कालीन उपचार, जलन वा दुर्घटनाका घटनामा आवश्यक हुने उपायहरूबारे जानकारी लिएका थिए।
कार्यक्रमको विशेष अवसरमा रेडक्रस जिल्ला शाखाले प्राथमिक उपचार सामाग्रीको सेट समेत हस्तान्तरण गरेको थियो । उक्त सामग्री जिल्ला रेडक्रस उपमन्त्री थपलियाले इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख रूपेश बिष्टलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमले प्रहरीहरूको आपतकालीन सेवा क्षमतामा वृद्धि गर्ने विश्वास लिइएको छ । तालिमप्रति सहभागीहरू निकै उत्साहित देखिएका थिए र यस्ता कार्यक्रमले सुरक्षाकर्मीहरूलाई थप सक्षम बनाउने बताएका थिए ।
स्थानीय तह, सुरक्षा निकाय र सामाजिक संस्थाबीचको सहकार्यमा सञ्चालित यस्तो तालिमले भविष्यमा हुने आकस्मिक घटनाहरूमा प्रहरीहरूलाई प्रभावकारी ढंगले काम गर्न उत्प्रेरणा दिने अपेक्षा गरिएको छ ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।