Advertisement

शान्तिकुञ्जको १७औं स्थापना दिवस : रक्तदान र सहकारी शिक्षा

रत्ननगर । रत्ननगर वडा नं १२ स्थित शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाको १७औं स्थापना दिवसको अबसरमा रक्तदान तथा सहकारी शिक्षा कार्यक्रम गरिएको छ । दिवसको अबसरमा जेठ १५ र १६ गते शेयर सदस्यहरुका लागि सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको सो सहकारीले शनिबार सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको हो । रत्ननगर नगरपालिका वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी प्रमुख अतिथि रहेको सो कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ । कार्यक्रममा १७ जना महिला सहित ३६ जनाले रक्तदान गरेको संस्थाकी अध्यक्ष निर्मला दंगालले जानकारी दिइन् । सो अबसरमा वडाध्यक्ष सुवेदीले महिलाहरुले सञ्चालन गरेको उद्यमी सहकारीले स्थानीय स्तरमा आर्थिक विकास र महिलाहरुलाई उद्यमी बनाउन महत्वपूर्ण भूमिका निर्बाह गरेको बताए । शान्तिकुञ्जले सुरु गरेको उद्योगको रुपमा दुध संकलन र त्यसको विविधिकरणको काम उदाहरणीय रहेको उनको भनाई छ । कार्यक्रममा संस्थाकी संस्थापक तथा सेवा नेपालकी संस्थापक अध्यक्ष पार्वती न्यौपानेले ग्रामिण क्षेत्रका महिलाहरुलाई उद्यमी बनाउन र दुधको विविधिकरणमा शान्तिकुञ्जले रचनात्मक काम गरिरहेको भन्दै तीनै तहका सरकारले उद्यमी सहकारीहरुलाई अनुदान दिनुपर्ने बताइन् । किसानलाई रासायनिक मल, दाना चोकर विक्री गर्दै आएको सो सहकारीले आर्थिक कारोबारसंगै दुध संकलन र विविधिकरणको काम गरिरहेको छ । संस्थाकी अध्यक्ष दंगालले प्रदेश सरकारको २५ लाख अनुदानले शान्तिकुञ्ज डेरी उद्योगको रुपमा ब्राडिङ, लेभलिङ र प्याकेजिङ गरी बजारमा पठाउन सुरु गरिएको बताइन् । दुधको विविधिकरण गरी दही, खुवा, पनिर र कुल्र्फी बनाएर विगत दुई बर्ष देखि बजारमा पठाउदै आएको भन्दै संस्थाकी उपाध्यक्ष दुर्गाकुमारी बरालले शेयर सदस्यहरुबाट दुध संकलन गरी विविधिकरण र बजारीकरणको काम चलिरहेको बताइन् । एक हजार १३५ शेयर सदस्य रहेको सो सहकारीको शेयर पूजिँ एक करोड ३३ लाख, जगेडा कोषमा ८७ लाख १६ हजार, बचत संकलन ८ करोड ७० लाख १९ हजार, ऋण लगानी ७ करोड ३७ लाख ३२ हजार र कुल कारोबार ११ करोड ३६ लाख ९२ हजार रहेको संस्थाकी व्यवस्थापक शुशीला खनालले जानकारी दिइन् । संस्थाले ४१८ जना शेयर सदस्यहरुलाई ऋण लगानी गरेको छ । संस्थाकी उपाध्यक्ष बरालले स्वागत मन्तव्य राखेको रक्तदान उद्घाटन कार्यक्रममा पञ्चकन्या रेडक्रसका सभापति अर्जुन पौडेल, अग्रज महिला विकास साकोसकी कार्यबहाक अध्यक्ष पम्फा अर्याल, पञ्चकन्या आमा समुहकी उपाध्यक्ष मीना दुवाडी, सरसफाई अभियान्ता ज्ञानेन्द्रराज पाण्डे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाकी सचिव सम्झना घिमिरेले सञ्चालन गरेकी थिइन् । दिवसको अबसरमा सो सहकारीले करिब २०० शेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ । सेवा नेपाल, हेफर इन्टरनेशनल नेपाल र राष्ट्रिय सहकारी महासंघसंगको सहकार्यमा उक्त कार्यक्रम गरिएको सचिव लामिछानेले जानकारी दिइन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज