Advertisement

ट्राफिक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटेको घटना: जिम्मेवारीबाट हटाएर अनुसन्धान गर्दै प्रहरी

ट्राफिक प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर र प्रहरी जवानमाथि प्रहरीले सोधपुछ गरिरहेको छ।

बुधबार बिहान ट्राफिक प्रहरी इन्स्पेक्टरले प्रहरी जवानलाई थप्पड हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

भिडिओ भाइरल भएसँगै  ट्राफिक प्रहरी कार्यालय काठमाडौं उपत्यका ट्राफिक कार्यालयले ट्राफिक प्रहरी इन्स्पेक्टर जितेन्द्र कुमार साहलाई बोलाएर सोधपुछ गरिरहेको छ भने प्रहरी जवान मदन खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोधपुछ गरिरहेको छ।

उनीहरू दुवै जनालाई जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार प्रहरी जवानले आर्थिक लेनदेन गरेको हुनाले  ट्राफिक प्रहरी इन्स्पेक्टरले थप्पड हानेको बताएका छन्। तर यसबारे थप सोधपुछ भइरहेको छ।

‘एक पक्षको मात्र कुरा सुनेर हुँदैन। दुवै पक्षबीच सोधपुछ चलिरहेको छ,’ एसपी गिरीले भने।

ट्राफिक प्रहरीलाई अहिले नागढुंगाबाट कार्यालयमा राखिएको छ। अनुसन्धानपछि मात्र उनीमाथि कारबाही हुने/नहुने थाहा हुने एसपी गिरीले जानकारी दिए।

यता जिल्ला प्रहरी कार्यालय परिसरका एसपी अपिलराज बोहराले पनि प्रहरी जवानमाथि सोधपुछ गर्ने र तथ्यहरू संकलन गर्ने काम भइरहेको बताए।

‘यस घटनाबारे विस्तृततमा अनुसन्धान भइरहेको छ,’ उनले भने।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूक...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

अविनाश चौधरी, धनगढी, भदौ ३१ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नवपुस्ता (जेनजी) आन्दोलनको क्रममा भौतिक संरचनामा भएको...
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन। पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज