Advertisement

काभ्रे

८ घन्टादेखि बिपी राजमार्ग अवरूद्ध

८ घन्टादेखि बिपी राजमार्ग अवरूद्ध

Breaking News 1, काभ्रे, ताजा अपडेट, बागमती, समाचार
अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ। सोमबार रातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मंगलटारतर्फको सडक राति थप क्षति पुर्‍याएपछि राजमार्ग खुलाउन सकिएको थिएन। उनले प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको बताए। गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो। प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ। यसैबीच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता यहाँकी एक महिलाको मंगलबार पनि खोजी सुरू गरिएको प्रहरीले ज...
जन्ती पुर्‍याएर फर्किएको बस काभ्रेमा दुर्घटना, १ जनाको मृत्यु, चालक गम्भीर घाइते

जन्ती पुर्‍याएर फर्किएको बस काभ्रेमा दुर्घटना, १ जनाको मृत्यु, चालक गम्भीर घाइते

काभ्रे, बागमती, समाचार
काभ्रे | जन्ती पुर्‍याएर फर्किएको बस काभ्रेको तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका(१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। (रासस)...
जिल्लाको विपी राजमार्ग स्थित धुलिखेल नगर पालिका वडा नम्बर ९ र ११ मा चेकजाचको क्रममा २६ कार्टुन पटका बरामद गरेको छ ।

जिल्लाको विपी राजमार्ग स्थित धुलिखेल नगर पालिका वडा नम्बर ९ र ११ मा चेकजाचको क्रममा २६ कार्टुन पटका बरामद गरेको छ ।

Breaking News 1, काभ्रे, समाचार
काभ्रे । जिल्लाको विपी राजमार्ग स्थित धुलिखेल नगर पालिका वडा नम्बर ९ र ११ मा चेकजाचको क्रममा २६ कार्टुन पटका बरामद गरेको छ । धुलिखेल नगरपालिका ९ र ११ को सिमाना काभ्रेभञ्ज्याङ विपी राजमार्ग सडक खण्डमा नियमित चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा सिराहबाट भुस्सा लोड गरी काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ७१७९ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा भुस्साभित्र अवैध रुपमा लुकाई छिपाई ल्याएको २६ कार्टुन पटका फेला पारी ट्रकसहित पटाका नियन्त्रणमा लिएको काभ्रे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रक चालक फरार रहेकोमा खोजतलास जारी रहेको छ भने थप अनुसन्धान कार्य भैरहेको छ । काभ्रे प्रहरीका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार बरामद गरिएको कार्टुनमा ‘जोकर’ लेखिएको पटका ५ पाँच काटुन ९प्रति कार्टुनमा ८० प्याकेटको दरले जम्मा ४०० प्याकेट० बरामद गरिएको हो ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज