Advertisement

जनतासंग पानीका कुराको पहिलो श्रृंखला पुरा

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत वडा नं ३ वडा समितिले जनतासंग पानीका कुरा कार्यक्रमको पहिलो श्रृंखला पुरा गरेको छ । खानेपानीको महत्व बुझाउदै उपभोक्ताको सुझाब संकलन र समस्या सामधानको लागि टोल स्तरमा जनतासंग पानीका कुरा कार्यक्रम सञ्चालन गरिएको थियो । वडा समितिले उक्त कार्यको शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरेको छ । संस्थाका अध्यक्ष माधव अर्याल प्रमुख अतिथि रहेको कार्यक्रममा कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडा समितिका संयोजक शम्भूभक्त थपलियाले सप्ताहव्यापी घरदैलो अभियान सञ्चालन गरिएको जानकारी दिए । घरदैलोमा पाइप लाइन नपुगेको ठाउँहरुमा पहिचान सहित विस्तार, पानीको गुणस्तरको अवस्था र समाधान, जन गुनासोको कुरा सम्बन्धित निकायमा राख्ने, उपभोक्ताहरुको सुझावलाई संकलन, पानीको स्रोत संरक्षणमा उपभोक्ताहरुको दायित्वलाई बोध, धारा नजोडेका उपभोक्ताहरुको अवस्थाको पहिचान गरी धारा जोड्न प्रेरित तथा बाँकी रहेका बक्यौता रकम असुली गराउन उपभोक्ताहरुलाई अनुरोध गरिएको संयोजक थपलियाले प्रतिवेदनमा उल्लेख गरेका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष अर्यालले संस्थाको सेवा क्षेत्र भित्र खानेपानी वितरणमा आइपर्ने समस्याको पहिचान तथा त्यसको सामधाजको लागि जनतासंग पानीको कुरा कार्यक्रम सञ्चालन गरिएको बताए । रत्ननगर खानेपानी नेपालकै नमुना बनाउने गरी आफुले काम गरिरहेको भन्दै पानीको स्रोत संरक्षण र सरसफाईको क्षेत्रमा समेत काम भइरहेको बताए । धारा जडानमा छुट सहित किस्ताबन्दी र भूक्तानी प्रक्रियालाई डिजिटिलाइट गरिएको उनको भनाई छ । वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलले रत्ननगर खानेपानीले स्थानीय सरकारसंग मिलेर गरेको कार्य उदाहरणीय रहेको बताए । विपन्नलाई धारा जडान देखि खानेपानी गुणस्तर कायम राख्ने विषयमा संस्थाले नमुना काम गरेको उनको भनाई छ । वडा समितिले तयार गरेको कार्यगत प्रतिबेदन संस्थाका अध्यक्ष अर्याललाई हस्तान्तरण गरिएको छ । वडा समितिकी सदस्य गीता सिंखडाले स्वागत मन्तव्य राखेका उक्त कार्यक्रममा संस्थाका लेखा समितिका सदस्य कृष्ण घिमिरे, पूर्व वडा समिति संयोजक हिमालय खनाल, सामाजिक अगुवा राजेन्द्रकुमार कोइराला, जलदेवी टोल विकास संस्थाका अध्यक्ष रामकृष्ण सिंखडा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा समितिका सचिव मनहरि खनालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज