शान्तिकुञ्जको १७औं स्थापना दिवस : रक्तदान र सहकारी शिक्षा
रत्ननगर । रत्ननगर वडा नं १२ स्थित शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाको १७औं स्थापना दिवसको अबसरमा रक्तदान तथा सहकारी शिक्षा कार्यक्रम गरिएको छ । दिवसको अबसरमा जेठ १५ र १६ गते शेयर सदस्यहरुका लागि सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको सो सहकारीले शनिबार सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको हो । रत्ननगर नगरपालिका वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी प्रमुख अतिथि रहेको सो कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ । कार्यक्रममा १७ जना महिला सहित ३६ जनाले रक्तदान गरेको संस्थाकी अध्यक्ष निर्मला दंगालले जानकारी दिइन् । सो अबसरमा वडाध्यक्ष सुवेदीले महिलाहरुले सञ्चालन गरेको उद्यमी सहकारीले स्थानीय स्तरमा आर्थिक विकास र महिलाहरुलाई उद्यमी बनाउन महत्वपूर्ण भूमिका निर्बाह गरेको बताए । शान्तिकुञ्जले सुरु गरेको उद्योगको रुपमा दुध संकलन र त्यसको विविधिकरणको ...




















