मुग्लिङ–नारायणगढ सडकखण्ड भासिँदै
चितवन। स्थायी समाधान हुन नसक्दा मुग्लिङ–नारायणगढ सडकखण्डको नौ किलोमा सडक भासिने गरेको छ । यो सडक सञ्चालनमा आएदेखि विभिन्न स्थानमा सडक भासिने र त्यसलाई पुरेर अस्थायी उपायबाट सञ्चालन हुँदै आएको छ । केही वर्षअगाडि यो सडकखण्ड फराकिलो बनाउने कार्य सम्पन्न भएपछि नौ किलो र १७ किलोमा सडक भासिने समस्या हरेक वर्ष आएको थियो । दुई वर्षअगाडि १७ किलोमा मर्मत गरेपछि अहिले समस्या आएको छैन डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताउनुभयो ।
यही सडकखण्डको नौ किलोमा भने समस्या समाधान हुन सकेको छैन । आइतबार राति सडक भासिएपछि यातायात एकतर्फी मात्रै सञ्चालनमा आएको थियो । सोमबार दिउँसो सामान्य मर्मत गरेपछि दुईतर्फी सवारीसाधन सञ्चालनमा आएको छ । अहिले यातायात सञ्चालनमा आए पनि कुन समयमा फेरि सडक भासिन्छ, त्यो थाहा नहुने डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी चन्द्रेश्वर साहले बताउनुभयो ।
सडक...




















