भोलिदेखि धरहरा खुल्ने, सर्वसाधारणलाई पैसा नलाग्‍ने

काठमाडौं । भूकम्पले ढलेको ९ वर्षपछि सर्वसाधारणले नयाँ धरहरा चढ्न पाउने भएका छन्। पुनर्निर्माण भएको धरहरा भोलि (बिहिबार)देखि सञ्चालनमा आउने भएसँगै सर्वसाधारणहरूको लागि खुला हुने भएको हो। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गतेदेखि धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार भोलिदेखि धरहरा सञ्चालनमा आउनेछ।

यसका लागि सबै तयारी पूरा भइसकेको शहरी विकास मन्त्रालयकी उपसचिव एवं प्रवक्ता विनु बज्राचार्य कुँवरले जानकारी दिइन्। उनले भनिन्,‘सरकारले निर्णय गरेअनुसार नै भोलिदेखि धरहरा सञ्चालनमा आउनेछ।’ २०७२ वैशाख १२ मा गएको भूकम्पले ऐतिहासिक धरहरा ढलेको थियो। तर सरकारको आलटालका कारण समयमा पुनर्निर्माण शुरु हुन सकेन। धरहरा ढलेको ३ वर्षपछि मात्रै पुनर्निर्माण थालियो। केपी शर्मा ओली प्रधानमन्त्री भएकै वेला ‘मै बनाउँछु मेरो धरहरा’ भन्दै पुनर्निर्माणका लागि २०७५ पुस १२ मा शिलान्यास गरेका थिए।

तर पुनर्निर्माण नसकी ३ वर्षअघि नै उनले उद्घाटन गरिसकेका छन्। निर्माणाधीन धरहराको कामै नसकी जस पाउन उनै ओलीले हतारहतार २०७८ वैशाख ११ मा उद्घाटन गरेका थिए। त्यसपछि उनको चौतर्फी आलोचना भएको थियो। उनले उद्घाटन गरेको ३ वर्षपछि सर्वसाधारणहरूको लागि खुला हुँदै छ।

धरहरा सञ्चालनको जिम्मा शहरी विकास मन्त्रालयलाई

​सरकारले धरहरा सञ्चालनको जिम्मा शहरी विकास मन्त्रालयलाई दिएको छ। सोहीअनुसार धरहरा सञ्चालनको लागि समिति नै गठन गरेको शहरी मन्त्रालयले जनाएको छ। यसअघि क्षेत्रअधिकार नतोकिँदा धरहरा बन्दै गर्दा नै विवादमा परेको थियो।काठमाडौं महानगरपालिकाले धरहरा बनिनसक्दै नि:शुल्क पार्किङ खोलेपछि प्रधानमन्त्री केपी शर्मा ओली महानगरपालिका प्रमुख बालेन साहसँग रुष्ट बनेका थिए। महानगरपालिकाले २०८० माघ १४ गतेदेखि धरहरा पार्किङ भवनको पहिलो तलामा नि:शुल्क पार्किङ खुला गरेको थियो।

धरहरा बनिनसक्दै नि:शुल्क पार्किङ खोलिदिएपछि प्रधानमन्त्री ओलीले धरहरा पालिका विशेषको नभएको समेत बताएका थिए। साउन १४ गते मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै उनले भनेका थिए,‘धरहरा बनेको छ, मान्छे चढ्न चाहन्छन्, चढ्न पाएका छैनन्। त्यहाँ पार्किङ बनेको छ, तयार भइसकेको छैन, निःशुल्क पार्किङ भनेर ल्याएर पार्किङ गरायो, सरकारले त्यत्रो खर्च गरेको छ। यो पालिका विशेषको होइन, खुलाउनुपर्छ।’

निःशुल्क चढ्न पाइने

भोलिदेखि सञ्चालनमा आउन लागेको धरहरामा सर्वसाधारणहरूले निःशुल्क चढ्न पाउनेछन्। शहरी विकास मन्त्रालयकी उपसचिव एवं प्रवक्ता बज्राचार्य कुँवरले निःशुल्क रूपमा धरहरा सञ्चालन हुने जानकारी दिइन्। ‘हालसम्म शुल्क लिने भन्ने निर्णय छैन, त्यसैले सर्वसाधारणहरूले निःशुल्क धरहरा चढ्न पाउने छन्, पछि चाहिँ शुल्क लिइने व्यवस्था पनि हुनसक्छ,तर अहिले तत्काललाई शुल्क तोकिएको छैन,’ उनले भनिन्।

धरहराको इतिहास

धरहरा वि‍.सं. १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरा सुन्दरीदेवीको सम्झनास्वरूप निर्माण गरेको इतिहासमा उल्लेख छ। त्यस समयमा यसको उचाइ ११ तलाको ६१.८८ मिटर अग्लो थियो। ९० सालको भूकम्पले भत्काइदिएपछि दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जंगबहादुर राणाले नौ तला कायम गरी पुनर्निर्माण गरेका थिए। पुरानो धरहरा अगाडिको ४२.२ रोपनी क्षेत्रफलमा नयाँ धरहरा पुनर्निर्माण भएको हो। धरहरामा भर्‍याङसँगै लिफ्टबाट उक्लिन सकिनेछ। धरहरामा अन्डरग्राउन्ड बेसमेन्ट छ। बेसमेन्टमा तलमाथि गर्नका लागि लिफ्टको व्यवस्था गरिएको छ। धरहरा परिसरमा दुई तलाको आकर्षक संग्रहालय हुनेछ। संग्रहालयमा पुराना सिक्का र सिक्का छाप्ने मेसिन प्रदर्शनीमा राखिनेछ। संग्रहालय जाने बाटोमा ५० फिट अग्लो वाटर फाउन्टेन छ। पुरानो धरहराको भग्नावशेष संरक्षण गरेर राखिएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण बुटवल–१८ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अध...

एसियाली खेलकुदमा इतिहास बदल्ने लक्ष्यमा नेपाल

नेपालले २०औँ एसियाली खेलकुदमा क्वाटरफाइनलको तगारो पार गर्दै इतिहास रच्ने लक्ष्य लिएको छ। विगतका तीन संस्करणमा क्वाटरफाइनलमै रोकिए...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूक...
‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ शनिबार मध्यरातमा सामाजिक सञ्जालमा गरेको एक पोस्टका कारण हाल विवादमा तानिएका छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज