Advertisement

भरतपुरमा आजदेखि बडादशैं जुत्ताचप्पल व्यापार मेला शुरु, वाणिज्यमन्त्री तामाङ्गद्वारा उद्घाटन

चितवन । भरतपुरमा आजदेखि बडादशैं जुत्ताचप्पल व्यापार मेला शुरु भएको छ । चितवन उद्योग संघको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा आज असोज १ गतेदेखि असोज २४ गतेसम्म जुत्ताचप्पल व्यापार मेला शुरु भएको हो ।

मेलाको उद्घाटन बागमती प्रदेश, उधोग वाणिज्य भुमि व्यवस्था तथा प्रशासन मन्त्री सुकमाया तामाङ्गले गर्नुभएको हो । मेलाको उद्घाटन गर्दै मन्त्री तामाङ्गले नेपालीहरुको हस्तकलद्वारा निर्मित सामाग्रीहरु स्वदेशमै उत्पादित गर्ने, स्वदेशमै प्रयोग गर्न सक्ने, यहाँ पुर्ती गरेर बिदेशमा समेत निर्यात गर्न सक्ने अभिप्रायले सन्चालन भएको मेला भव्यतापुर्वक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उदेश्यले पर्व मेला २०८१ अन्तर्गत जुत्ताचप्पल व्यापार मेला आयोजना गरिएको सह–आयोजक संस्था, वेश ग्लोबल प्रा।लि।का अध्यक्ष होमनाथ उपाध्यायले बताउनुभयो । मेला बिहान ९ बजे देखी बेलुका ७ बजे सम्म सन्चालन हुने छ ।

मेलामा ८ कम्पनीका ३ हजार भन्दा बढी मोडलका जुत्ता, चप्पल एकै ठाँउमा पाउन सकिने छ । मेलामा ४० वटा स्टल रहने छ । नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरु लेडिज, जेन्स, बच्चा सबैलाई समेटिनेगरी आकर्षक छुटमा खरिद गर्न सकिने उपाध्यायले जानकारी दिनुभयो ।

मेलामा ३५ हजार जोर जुत्ता, चप्पलको बिक्री हुने र २ करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । त्यस्तै मेलामा करिब १ लाख ५० हजारले अबलोकन गर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । प्रत्येक दिन जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुलाई कुपनको व्यवस्था गरिनेछ ।

जुत्ता, चप्पल खरिदमा १५ देखि ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । साथै मेला अन्तर्गत असोज २१ गते लक्की ड्र मार्फत खोलिने कुपनहरु मध्ये बाट एकजनालाई २५ हजार बराबरको खसी उपहार प्रदान गरिनेछ ।साथै, मेलामा जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुले चितवन फुटवेयर एक्स्पोको फेसबुक पेजलाई लाइक, शेयर गरेमा तुरुन्त २ प्रतिशत क्यास ब्याग समेत प्राप्त गर्न सक्नेछन् ।

नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगहरुले देशको उद्यमशिलता र अर्थतन्त्रमा महत्वपूर्ण हिंसा ओगटेको सन्दर्भमा स्वदेशी उत्पादन प्रयोगका लागि आम जनतालाई सकारात्मक सन्देश दिन वडा दशैं जुत्ता चप्पल व्यापार मेला–२०८१ सहयोगी हुने अध्यक्ष उपाध्यायले बताउनुभयो । उक्त प्रदर्शनी हलमा बिगत २ बर्षदेखी चार्डपर्वलाई लक्षित गरेर जुत्ता चप्पल मेला भएको आयोजना हुँदै आएको छ ।

त्यस्तै कार्यक्रममा चितवन उधोग संघका अध्यक्ष सुर्य प्रसाद न्यौपाने चितवन उधोग संघले बिगत २०४७ सालदेखि औधोधिक प्रबर्दनको हेतुले उधमशिलता बिकासका लागि र राज्यलाई मजबुत बनाउने उदेश्यले राज्यले लिएको औधोधिक अभियानहरुरुलाई सधैं साथ दिईरहेको बताउनुभयो । साथै उहाँले यस जुत्ता चप्पल मेला भव्यरुपमा सफल हुने विश्वास लिएको बताउनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज