बिमा रकम नपाउँदा आँखा अस्पताल चल्न मुस्किल

भरतपुर । समयमै स्वास्थ्य बिमा गरेबापतको रकम नपाउँदा भरतपुर बाइपास रोडमा रहेको आँखा अस्पताललाई चल्न मुस्किल भएको छ ।नेपाल नेत्रज्योति संघ चितवनका पूर्वअध्यक्ष चिजकुमार मास्केले मुस्किलले आँखा अस्पताल चलिरहेको बताए । उनले भने, ‘स्वास्थ्य बिमा बोर्डले बिमाबापतको रकम समयमै नपठाउँदा अस्पताल चल्न मुस्किल भएको छ ।’ नेपाल नेत्रज्योति संघ चितवन एवं भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा भएको लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरका गभर्नर सम्मान कार्यक्रममा पूर्वअध्यक्ष मास्केले स्वास्थ्य बिमाको रकम आयो भने अस्पताल चल्न मुस्किल नपर्ने बताए । कार्यक्रममा मास्केले भने, ‘करिब ११ करोड बिमा रकम आउन बाँकी छ जसका कारण अस्पतालले थप योजना पनि बनाउन सकेको छैन, सेवासुविधा थप्न पनि सकेको छैन । अरु त छोडौँ, अस्पताल चल्न नै समस्या परिसक्यो ।’

बोर्डसँग स्वास्थ्य बिमाबापतको भुक्तानी माग गर्दा लामो समयसम्म भुक्तानी नगर्दा अस्पतालको दैनिक सेवा तथा बिरामीको उपचार एवं शल्यक्रियामा प्रयोग हुने औषधि तथा अन्य सामग्री खरिद गर्न रकम अभाव भएको अस्पतालको भनाइ छ ।

नेपाल नेत्रज्योति संघका पूर्वअध्यक्ष प्रभातकुमार जोशीले योजना बनाएर आँखा अस्पताल अघि बढ्नुपर्ने बताए । अस्पताल सञ्चालनमा लायन्स क्लबको ठूलो सहयोग भएको उनले बताए । उनले भने, ‘लायन्स भनेकै आँखा अस्पताल र आँखा अस्पताल भनेकै लायन्सजस्तो भएको छ ।’

कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरका गभर्नर दीनानाथ न्यौपाने, फस्र्ट भाइस डिष्ट्रिक्ट प्रभाकर पण्डित, डिष्ट्रिक्ट सेक्रेटरी नीरज श्रेष्ठ, डिष्ट्रिक्ट ट्रेजर शंकर नेपाललाई स्वागत तथा सम्मान गरिएको थियो ।नेपाल नेत्रज्योति संघ चितवन शाखाका सभापति जयराम श्रेष्ठ ‘भैरव’को सभाध्यक्षमा भएको कार्यक्रममा आँखा अस्पताललाई योजना बनाएर अझ अगाडि बढाउने प्रतिबद्धता गरिएको थियो ।

कार्यक्रममा आरका गभर्नर दीनानाथ न्यौपानेले अस्पतालको माग र तत्काल चाहिने आवश्यकतालाई पूरा गर्न लायन्स तत्पर रहेको बताए । उनले भने, ‘लायन्सको काम नै सामाजिक सेवा हो, सामाजिक काम गर्दा नै हामी खुसी हुन्छौँ, आँखा अस्पतालको समस्या समाधानमा लायन्स लागिरहेकै छ, यो कार्यले निरन्तरता पनि पाउँछ ।’ लायन्सले भरतपुर आँखा अस्पताललाई हालसम्म १० करोडको हाराहारी सहयोग गरिसकेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण बुटवल–१८ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अध...

एसियाली खेलकुदमा इतिहास बदल्ने लक्ष्यमा नेपाल

नेपालले २०औँ एसियाली खेलकुदमा क्वाटरफाइनलको तगारो पार गर्दै इतिहास रच्ने लक्ष्य लिएको छ। विगतका तीन संस्करणमा क्वाटरफाइनलमै रोकिए...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूक...
‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ शनिबार मध्यरातमा सामाजिक सञ्जालमा गरेको एक पोस्टका कारण हाल विवादमा तानिएका छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज