Advertisement

मुग्लिङ–नारायणगढ सडकखण्ड भासिँदै

चितवन। स्थायी समाधान हुन नसक्दा मुग्लिङ–नारायणगढ सडकखण्डको नौ किलोमा सडक भासिने गरेको छ ।  यो सडक सञ्चालनमा आएदेखि विभिन्न स्थानमा सडक भासिने र त्यसलाई पुरेर अस्थायी उपायबाट सञ्चालन हुँदै आएको छ । केही वर्षअगाडि यो सडकखण्ड फराकिलो बनाउने कार्य सम्पन्न भएपछि नौ किलो र १७ किलोमा सडक भासिने समस्या हरेक वर्ष आएको थियो । दुई वर्षअगाडि १७ किलोमा मर्मत गरेपछि अहिले समस्या आएको छैन डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताउनुभयो ।

यही सडकखण्डको नौ किलोमा भने समस्या समाधान हुन सकेको छैन । आइतबार राति सडक भासिएपछि यातायात एकतर्फी मात्रै सञ्चालनमा आएको थियो । सोमबार दिउँसो सामान्य मर्मत गरेपछि दुईतर्फी सवारीसाधन सञ्चालनमा आएको छ । अहिले यातायात सञ्चालनमा आए पनि कुन समयमा फेरि सडक भासिन्छ, त्यो थाहा नहुने डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी चन्द्रेश्वर साहले बताउनुभयो ।

सडक कार्यालयका इन्जिनियर कार्कीले भन्नुभयो, “यो वर्ष मात्रै तीन पटक यहाँ सडक भासिएको छ, साउनदेखि नै यो समस्या आएको हो ।” विगतमा भन्दा अहिले लामो क्षेत्रमा सडक भासिएकाले थप समस्या सिर्जना भएको उहाँले बताउनुभयो ।

आइतबार राति ९० मिटर लम्बाइ क्षेत्र भासिएको थियो । सडक भासिएपछि यसको मर्मत गरेर अहिले सवारीसाधन सञ्चालनमा आएपछि दीर्घकालीन समाधान भने नभएको कार्कीले जानकारी दिनुभयो ।

लामो समयदेखि भासिएपछि अब माटो परीक्षणका लागि काम अगाडि बढेको छ । बर्सातमा त्रिशूली नदीको पानीको सतह माथि आउने र त्यसको असरले माटो बग्ने भएकाले सडक भासिएको अनुमान गरिएको छ । यो समस्या समाधान गर्नका लागि माटो परीक्षण, यस क्षेत्रमा गरिने दीर्घकालीन उपायको खोजी गरेर यसै वर्षमा समाधान गर्ने गरी अगाडि बढेको उहाँले बताउनुभयो ।

यस्तै समस्या १७ किलोमा पनि रहेको छ । यसलाई पनि समाधान गर्ने गरी परीक्षणको कार्य भइराखेको इन्जिनियर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरो आउने, त्रिशूली नदीले कटान गरेर सडक भासिने जस्ता समस्या आइरहने गरेको छ । धेरै जोखिमका स्थानमा यो समस्या समाधान भए पनि केही भागमा भने अझै समस्या रहेको भन्दै उहाँले दुई स्थानको दीर्घकालीन रूपमा समस्या समाधानका लागि प्राविधिकसहितको टोलीले परीक्षण गरेर काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज