शिक्षकको बिदाइमा धरधरी रोए विद्यार्थी

भरतपुर । मुखसम्मै छोपिने गरी घाँटीभरि माला र खादा छन् । विद्यार्थीहरु भावुुक र मौन बसेका छन् । केही विद्यार्थीको आँखा आँसुले भरिएका छन्, कोहीका आँखा रसाएका छन् त कोही धरधरी रोएका छन् । विद्यार्थीको एक समूह बाजागाजासहित धुमधामले नाचगान गरिरहेको छ । उपस्थित अभिभावकहरु भनिरहेका थिए, ‘शिक्षक हुनु त यस्तो पो, जसको बिदाइमा सारा विद्यार्थी रोए !’

यो दृश्यचित्र भरतपुर महानगरपालिका वडा नं–२१ मा रहेको अन्नपूर्णा माध्यमिक विद्यालय पार्वतीपुरको हो, जहाँ आइतबार शिक्षक कृष्णप्रसाद गौतमको बिदाइ कार्यक्रम बाजागाजासहित चलेको थियो । शिक्षक गौतमको बिदाइमा के विद्यार्थी, के अभिभावक सबै भावुक बनेका थिए । अन्नपूर्णाका प्रधानाध्यापक बटुकलाल तामाङले मुटु गाँठो पारेर नै बिदाइ गर्नुपर्ने बाध्यता आएको बताए । उनले भने, ‘नचाहँदानचाहँदै पनि बिदाइ गर्नुपर्ने अवस्था आयो, विद्यालयले यस्तो शिक्षक सायदै पाउने छ जसले तन, मन सबै विद्यालयलाई दिएका थिए ।’

प्रअ तामाङका अनुसार गौतमले ३७ वर्ष छ महिना छ दिन अन्नपूर्णामा सेवा गरे, आज त्यही सेवाको बिदाइमा सबका आँखा रसाए । शिक्षक गौतम २०४३ सालबाट अन्नपूर्णा माविको सेवामा प्रवेश गरेका हुन् । सुरूमा उनको सेवा प्रवेश अस्थायीरुपमा थियो, २०४८ सालमा स्थायी भए । २०६३ सालमा प्रावि द्वितीय श्रेणीमा बढुवा भए । २०८१ भदौ २५ गतेदेखि लागू हुने गरी निवृत्त भए ।

‘हामी ज्यादै भाग्यमानी ठान्थ्यौँ, किनभने हामीले उहाँजस्तो विद्यार्थीलाई माया गर्ने, छोराछोरीजस्तो ठानेर त्यस्तै व्यवहार गर्ने शिक्षक पाएका थियौँ’, कक्षा १० की छात्रा समीक्षा अधिकारीले भनिन्, ‘उहाँ विद्यार्थीको भावना बुझ्न सक्ने हुनुहुन्थ्यो, हामी सबैका प्रिय हुनुहुन्थ्यो । आज उहाँलाई बिदाइ गर्न सकिरहेका छैनौँ तर पनि विवश भएका छौँ ।’

उनको बिदाइ गर्न घरसम्मै पुगे विद्यार्थी । विद्यालय र शिक्षक गौतमको घर दुई किलोमिटरको फरकमा पर्छ । विद्यार्थी बाजागाजासहित घरमै पुगे । स्कुलको बिदाइ कार्यक्रमपछि दुई किलोमिटर हिँडेर विद्यार्थीले निवृत्त शिक्षक गौतमलाई घरसम्म पु¥याए । आँखाभरि टिलपिल आँसु पार्दै ‘बाइ गुरू, निवृत्त जीवन सुखमय बितोस्’ भन्दै फर्किए ।

‘बिदाइमा अभिभावक पनि ज्यादै भावुक बनेका थिए । गौतम सर भनेपछि सबै विद्यार्थी खुसी हुन्थे, हात समाएर झुम्मिन्थे’, अभिभावक सिर्जना सुनारले भनिन्, ‘सरल र मिजासिलो हुनुहुन्थ्यो, अभिभावकको प्रिय हुनुहुन्थ्यो । विद्यार्थीलाई बुझाउन सक्ने क्षमता थियो, साना बालबालिकालाई माया गरेर पढाउने कला थियो ।’ अभिभावक सुनारका अनुसार गौतम सरलाई सायदै विद्यालय छुट्टीको अनुभव भयो होला ! विद्यालय बिदा हुँदा पनि उहाँको बास विद्यालय र यसवरिपरि नै हुन्थ्यो, अभिभावक र विद्यार्थीमाझमै हुन्थ्यो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ कँडेलले बिदाइमा अभिभावक, विद्यार्थी तथा शिक्षक कर्मचारी सबैको आँखा रसाएको बताए । उनले भने, ‘उहाँको जीवनको धेरै समय घरमा भन्दा विद्यालयमा बित्यो, बिहान ७ देखि बेलुका ७ बजेसम्म विद्यालयमै हुनुहुन्थ्यो, राति १० बजे बोलाउँदा पनि विद्यालयमा आउनुहुन्थ्यो, यस्तो शिक्षक सायदै पाइन्छ !’

‘शिक्षक गौतमले ३७ वर्ष सेवा गर्दा विद्यालयले धेरै नै काँचुली फेरेको छ । प्रावि तहको शिक्षक भए पनि गुरूका पनि गुरू हुनुहुन्थ्यो गौतम सर’, प्रअ बटुकलाल तामाङले भने, ‘उहाँले ३७ वर्षसम्म विद्यालयमा धेरै दिनुभयो, यसको उच्च सम्मान गर्दै विद्यालयले बिदाइ गरेको हो ।’ जहाँबाट शिक्षण यात्रा सुरू गरेका थिए गौतम सरले त्यहीँबाट बिदाइ भएको तामाङ बताउँछन् । प्रअ तामाङ भन्छन्, ‘अन्नपूर्णामा जुनकुनै शिक्षकले ३० वर्षभन्दा बढी समय सेवा गरे, बिदाइको क्रममा बाजागाजासहित सम्मान गरिने प्रचलन छ ।’

‘गौतम सरको विद्यालयमा ठूलो योगदान छ, कोही विद्यार्थी नआए घरमै लिन जानुहुन्थ्यो, घरघरै डुलेर विद्यार्थी जम्मा गर्नुहुन्थ्यो, उहाँको योगदान अविस्मरणीय छ’, भरतपुर–२१ का वडाध्यक्ष कृष्णकुमार गुरूङले भने, ‘बच्चा, अभिभावकको प्रियमात्रै होइन उहाँ सम्पूर्ण वडावासीका लागि प्रिय हुनुहुन्थ्यो । भनिन्छ नि आँखामा राखे पनि नबिझाउने, उहाँ त्यस्तै खालको हुनुहुन्थ्यो ।’ वडाध्यक्ष गुरूङले शिक्षक, प्रशासनलाई अभिभावक र विद्यार्थीसँग जोड्ने पुलको काम गौतम सरबाट भएको बताए ।शिक्षक कृष्णप्रसाद गौतमको बिदाइ कार्यक्रममा भावुक भएका विद्यार्थी ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज