किरण केसी छोराका साथ चेसको प्रवर्धनमा
काठमाडौँ । लोकप्रिय हास्य कलाकार तथा किरण केसी छोराका साथ चेस खेलको प्रवर्धनमा जुटेका छन्।
यसै क्रममा केसीले आफ्ना जेठो छोरा सुदीप केसीको पहलमा हालै राजधानीको थापाथलीस्थित चेसपार्कमा फ्रेन्ड्ली चेस म्याच नामक मैत्रीपूर्ण चेस प्रतियोगिता आयोजना गरे।
बौद्धिक खेल मानिने चेस प्रतियोगितामा चेस खेलका राष्ट्रिय विजेता खेलाडीदेखि बालबालिकासम्म सहभागी थिए। किरणले चेस खेलाडीलाई हौसला दिन र चेस खेलेर पनि खान पुग्छ भन्ने हौसला दिनका लागि यो खेलको आयोजना गरिएको बताए।
‘कलाकार, संगीतकार, वाद्यवादकले परिवार पाल्न सक्छन्, तर चेस खेलेर पनि परिवार पाल्न सक्छन् भन्ने हिसाबले धनराशी सहित नया तरिकाले यो कार्यक्रम आयोजना गरिएको हो’ किरणले जानकारी गराए, “५ पटकसम्म नेसनल च्याम्पियन भएका, लेडिजमा पनि फस्ट भएका, बालिबालिकामा नेसनलच्याम्पियन भएकालाई खेलाइएको छ।
किरणले आफ्नो छोरा सुदीप र छोराका साथी पारस अ...



















