Advertisement

फेवा किनारमा महायज्ञ रोक्न माग गर्दै उच्च अदालतमा रिट

पोखरा | फेवाताल किनारमा गर्न लागिएको कोटीहोम रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट दर्ता भएको छ । अधिवक्ता भगवती पहारी, मिनाकुमारी रानाभाट र गीता आचार्यले शुक्रबार दायर गरेको रिटमा कोटीहोमले फेवातालको प्राकृतिक संरचना, पर्यावरणीय सन्तुलन, सार्वजनिक सम्पत्ति संरक्षणसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गर्ने भन्दै तत्काल रोक्न माग गरिएको छ ।

सिमसार क्षेत्र र फेवातालको ६५ मिटर मापदण्डभित्रै गरिने कोटीहोमले तालको प्राकृतिक स्वरूप परिवर्तन गर्ने र जैविक विविधतामा नकारात्मक असर पार्ने भएकाले रोक्नुपर्ने माग रिट निवेदनमा गरिएको छ ।

सर्वोच्च अदालतले फेवाताल क्षेत्रको संरक्षणसम्बन्धी अघिल्लो फैसलाले तालको मापदण्डभित्र कुनै पनि अनधिकृत संरचना निर्माण रोक्न निर्देशन दिएकाले यसलाई कायम राख्नुपर्ने भनिएको छ । सर्वोच्च अदालतको २०७५ वैशाख १६ गतेको फैसलाले स्पष्ट रूपमा फेवातालको किनाराबाट ६५ मिटर भित्र कुनै पनि संरचना बनाउन नपाउने आदेश भएको र भएकालाई समेत हटाउन आदेश दिएको छ ।

निवेदनमा भनिएको छ, ‘समाजमा सुशासन र कानुनको शासन कायम राख्न सर्वोच्च अदालतले दिएको अन्तिम निर्णयहरू सबै पक्षले पालना गर्नुपर्छ । अदालतको आदेश सरकार, प्रशासन, आम नागरिकले पालना गर्नै पर्छ ।’ यस्तो संरक्षित क्षेत्रमा सर्वोच्च अदालतको आदेश विपरीत अस्थायी संरचना बनाउने अनुमति लिनेदिने कार्य अदालतको आदेश विपरीत भएकोले अदालतको अवहेलना गरेकाले कोटीहोम गर्न सहमति दिनु नै गैह्र कानुनी कार्य रहेको निवेदनमा उल्लेख छ ।

धार्मिक आस्थाका लागि कोटीहोम गर्ने पर्ने भए सार्वजनिक सम्पत्तिमा हैन, उपयुक्त स्थान पहिचान गरी निर्माण गर्नुपर्ने माग समेत निवेदनमा गरिएको छ । यसअघि पनि फेवाताल क्षेत्रमा अनधिकृत संरचना निर्माण गर्ने प्रयास हुँदा वातावरणविद् र स्थानीयवासीले विरोध गर्दै आएका थिए ।

कोटीहोम महायज्ञ गर्न लागेको नेपाल ट्रष्टको मातहतको जग्गा र पर्यटन विभाग अन्तरगतको क्याम्पिङचोकको जग्गा फेवाताल संरक्षण योगदान दिने सिमसार क्षेत्र हो । सिमसार क्षेत्र जैविक विविधता जल आपूर्ति तथा वातावरणीय सन्तुलनका लागि अत्यन्त महत्त्वपूर्ण भएकाले त्यहाँ प्राकृतिक सम्पदा तथा पारिस्थितिकि तन्त्रलाई असर पुर्‍याउने कुनै पनि गतिविधि गर्न नपाइने जिकिर निवेदकको छ ।

पोखराको मुख्य पर्यटकीय क्षेत्रमा त्यो पनि पर्यटकीय सिजनलाई असर पार्ने गरी हुन लागेको कोटिहोमको विरोध पोखराका पर्यटन व्यवसायी संस्थाले गर्दै आएका छन् । साथै वर्षौँदेखि संरक्षण गरी राखिएका चौतारीका रुखहरू कोटिहोमको पूर्वसाध्यमा निर्मम कटान गरिएको कुराले पोखरावासीलाई झस्काएको निवेदनमा उल्लेख छ ।

फेवा किनामा कोटिहोम गर्न नहुने संवैधानिक र कानुनी आधारहरू समेत क्रमबद्ध रूपमा रिट निवेदनमा उल्लेख छ । रिटमा मानव सेवा फाउन्डेसन, नेपाल ट्रस्टको कार्यालय, पर्यटन उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय पोखरा, पोखरा महानगरपालिका, महानगरको वडा नम्बर ६, १४, १४, जिल्ला प्रशासन कार्यालय कास्की र डिभिजन वन कार्यालय कास्कीलाई विपक्षी बनाइएको छ ।

पोखराको फेवाताल किनारमा वैशाख १७ देखि जेठ २६ गतेसम्म कोटिहोम लगाउने भन्दै विभिन्न वडामा चौतारी मुठुर्‍याउने काम भएपछि विवाद सतहमा आएको हो । आफूलाई बाल योगेश्वर कृष्णमूर्ती महाराज बताउने विजय भण्डारी नेतृत्वको नेपाल मानव सेवा फाउन्डेसनले कोटिहोम गर्न लागेको हो । फेवाताल किनारमा कोटिहोम सञ्चालन गर्न नदिने निर्णय पोखरा महानगरको कार्यपालिका बैठकले गरेको छ ।

फाउन्डेसनका संस्थापक भण्डारीले आफू जहिल्यै पनि ज्यान हत्केलामा राखेको हिँडेको भन्दै धर्मका लागि अधर्म गर्न समेत तयार रहेको अभिव्यक्ति दिँदै आएका छन् ।

त्यही फाउन्डेसनले पोखरा महानगरपालिकालाई विपक्षी बनाएर उच्च अदालत पोखरामा दायर गरेको रिटमा बिहीबार अन्तरिम आदेश जारी भएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज