काठमाडौं | राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन १७ गतेदेखि २० गतेसम्म हुने भएको छ।
शनिवार चितवनमा पत्रकार सम्मेलन गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यस्तो जानकारी दिएको हो। प्रतियोगिता चितवनको भरतपुर नगरपालिकाको वडा नं.१० स्थित वीरेन्द्र क्याम्पसको डिग्री भवन खेलमैदानमा आयोजना हुनेछ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख, द्वितीय पुरस्कार २ लाख, तृतीय पुरस्कार १ लाख र सान्त्वना पुरस्कार ५० हजार रुपैयाँ प्रदान गरिने बताइन्। प्रतियोगी कलाकारहरूमध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट वेशभूषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताइन्।
८ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगितामा पचास लाख नेपाली र नेपालीभाषी दर्शकले अवलोकन गर्ने अपेक्षा प्रतिष्ठानले गरेको छ ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।