एक वर्षमा १,३७८ सम्बन्धविच्छेद, आधा मिलापत्रबाट टुंगो
चितवन जिल्ला अदालतमा गत आर्थिक वर्षमा १,३७८ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्, जुन कुल ६,२०८ मुद्दामध्ये २२.१९% हो। अघिल्लो वर्षको तुलनामा यो संख्या १०३ ले घटेको हो। तीमध्ये करिब आधा मिलापत्रबाट टुंगिएका छन्।
सम्बन्धविच्छेदपछि चेक अनादर (६७७), अंशबन्डा (६५४), लिखत जालसाजी (५२६), लागूऔषध (२१२), चोरी (१४६), र सवारी ज्यान (११९) मुद्दा दर्ता भएका छन्। आर्थिक अपराधका मुद्दा बढ्दो छन्
।
...


















