Advertisement

समुदायिक विद्यालयको सकारात्मक नतिजाले रत्ननगरमा शिक्षाको नयाँ आशा

रत्ननगर । रत्ननगर–१६ मा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको भद्रकाली माविले एसइई–२०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई एक समारोहबीच बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।

रत्ननगरमा पैसाकै कारण शिक्षा पाउनबाट कोही वञ्चित हुन नपर्ने कार्यक्रमका प्रमुखअतिथि सामाजिक विकास समितिका संयोजक एवम् रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईं बताए ।

पछिल्लोपटक समग्र रत्ननगरको सामुदायिक विद्यालयको नतिजा सकारात्मक रहेको उनले बताए । शिक्षामा राज्यले धेरै लगानी गरेको बताउँदै उनले शतप्रतिशत नतिजा ल्याउने गरी लगनशील भएर लाग्न विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरे ।

 

वडामा रहेको एकमात्र सामुदायिक विद्यालय भद्रकालीमा एसइई परीक्षामा नियमिततर्फका ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको प्रधानाध्यापक चिरञ्जीवी खनालले बताए ।

रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापाले आगामी दिनमा अझै बढी शैक्षिक प्रगति गर्नेतर्फ लाग्न सरोकारवाला सबैसँग आग्रह गर्दै यस वर्ष विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि तीन करोड बजेट परेको र भद्रकालीलाई नमुना बनाउन वडाका तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा शिक्षा अधिकृत रविना देउजा, नगरशिक्षा समिति सदस्य एवम् पिठुवा सामुदायिक सेवाकेन्द्रका अध्यक्ष नेत्रप्रसाद घिमिरे, पिठुवा खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरिकुमार श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

शिक्षक सुस्मिता पाण्डे भट्टले सञ्चालन गरेको कार्यक्रममा पूर्वविद्यार्थी डा. दिवाकर बोहरा र शतप्रतिशत उत्तीर्ण गराउन सफल विषयगत शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

अविनाश चौधरी, धनगढी, भदौ ३१ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नवपुस्ता (जेनजी) आन्दोलनको क्रममा भौतिक संरचनामा भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज