पूर्वी चितवन हाम्रो हो! : सांसद ढकालको गर्जन, १३ वटै वडा जित्ने दाबी

चितवन | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले आगामी निर्वाचनमा पूर्वी चितवनका तीनवटै पालिका र खैरहनी नगरपालिकाका १३ वटै वडा जित्ने दावी गरेका छन्। रास्वपाको तेस्रो स्थापना दिवसको अवसरमा खैरहनीमा आयोजित भेटघाट तथा शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै उनले जनताको विश्वास र पार्टीको सुशासनप्रतिको प्रतिबद्धताले यो लक्ष्य सम्भव हुने बताए।

रास्वपा निर्वाचन क्षेत्र समिति, क्षेत्र नं. १, चितवनद्वारा आयोजित कार्यक्रममा ढकालले भने, ‘हामीले जनताको मन जितेका छौं। पूर्वी चितवनका तीन पालिका र खैरहनीका सबै वडा हाम्रो।’ उनले स्थानीय जनताको समर्थन र आफ्नो क्षेत्रमा भइरहेका विकासका कामले यो सम्भव हुने विश्वास व्यक्त गरे।

सांसद ढकालले पूर्वी चितवनको विकासका लागि निरन्तर प्रयास गरिरहेको बताए। ‘यहाँका जनताले तिरेको करबाट ल्याइएको बजेट यहाँकै विकासमा खर्च हुन्छ। यो नेताहरूले आफ्नो सम्पत्ति बेचेर ल्याएको होइन,’ उनले भने। कंकाली जाने बाटो निर्माण र कंकाली माई मन्दिरको विकासका लागि बजेट विनियोजन भएको उनले जानकारी दिए। वर्तमान सरकारप्रति असन्तुष्टि जनाउँदै उनले बजेट ल्याउन ‘बाघको मुखबाट खोसे जस्तै’ भएको बताए। ‘पर्याप्त बजेट ल्याउन नसके पनि पूर्वी चितवनको विकासमा कुनै कसर बाँकी राख्दिनँ,’ उनले प्रतिबद्धता जनाए।

निर्वाचनका बेला ठूला सपना नबाँडेको प्रष्ट्याउँदै ढकालले भने, ‘मैले ठूला योजनाको कुरा गरेर भोट मागिनँ। सामान्य र आधारभूत योजनाहरू पूरा गर्छु, किसानका मुद्दा उठाउँछु भनेको थिएँ, त्यो पूरा गरेको छु।’ पूर्वी चितवनका जनता र किसानका समस्यालाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको दावी छ।

रास्वपाको मूल मर्म सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँ भएको बताउँदै ढकालले सदनमा यसविरुद्ध निरन्तर आवाज उठाइरहेको उल्लेख गरे। ‘हामी भ्रष्टाचारविरुद्धको अभियानमा अडिग छौं,’ उनले जोड दिए।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज