चितवन उद्योग संघ, रत्ननगर समितिको अधिवेशनमा सहभागिता, सम्मान र समर्पण: नयाँ समिति गठन

चितवन | चितवन उद्योग संघ, रत्ननगर समितिको सातौंं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष उमाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिकाका उपप्रमुख यादव प्रसाद पाठक प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि पाठकले उद्योग संघ रत्ननगर समितिले उद्योगीहरुका समस्याहरुलाई समाधानका उपायहरु खोजेर अगाडि बढ्दै रत्ननगरको औद्योगिक क्षेत्रको विकासमा ठूलो टेवा पु¥याएको बताउनुभयो ।
कार्यक्रममा चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरे, बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष एवम् संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल, विभिन्न संघ–संस्थाहरुको प्रतिनिधित्व गर्दै रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, पर्यटन क्षेत्रका संघ–संस्थाहरुको प्रतिनिधित्व गर्दै क्षेत्रीय होटल संघका अध्यक्ष ओम प्रकाश पाण्डे, सम्पूर्ण पालिका समितिहरुको तर्फबाट प्रतिनिधित्व गर्दै खैरहनी पालिका समितिका अध्यक्ष युवराज पाठकले शुभकामना मन्तव्य सहित नयाँ बन्ने समितिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष उमाकान्त पौडेलले स्वागत मन्तव्य सहित बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा रत्ननगर क्षेत्रका उद्योगहरु मध्ये पर्यटन क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै होटल रेन फरेष्ट प्रा.लि.का सञ्चालक ज्ञानेन्द्र कुमार विष्ट, कृषिमूलक उद्योगहरुमा विशेष योगदान पु¥याएको भन्दै जनक केरा फर्मका सञ्चालक जनकराज पन्त, र उत्पादनमूलक उद्योगतर्फ महत्वपूर्ण योगदान पु¥याएको भन्दै अक्युट नेपाल प्रा.लि.का सञ्चालक बाबुराम रेग्मीलाई सम्मान समेत गरिएको थियो । साधारणसभालाई थप रोमान्चित बनाउनको लागि विभिन्न उद्योगहरुबाट उत्पादित सामाग्रीहरु सहितको चिठ्ठा कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
कार्यक्रममा चितवन उद्योग संघ, रत्ननगर समितिकी कोषाध्यक्ष प्रमिला पोखरेलको अनुपस्थितिमा रत्ननगर समितिकी कार्यसमिति सदस्य बिन्दु शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएका प्रतिवेदनहरु माथि सभाले अनुमोदन समेत गरेको थियो ।
साधारणसभालाई चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष उमाकान्त पौडेलले धन्यवाद मन्तव्य सहित समिति विघटन गर्दै निर्वाचन घोषणाका लागि निर्वाचन समितिलाई फ्लोर हस्तान्तरण गर्नुभएको थियो । चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीको नेतृत्वमा रत्ननगर नगरपालिकाका उद्योग अधिकृत अर्जुन पंगेनी र चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल निर्वाचन सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिको नाम घोषणा समेत गरेको थियो ।
नवनिर्वाचित समितिको अध्यक्षमा सुवासचन्द्र गौतम, उपाध्यक्षहरुमा दिपक चापागाईं, बिष्णु प्रसाद लामिछाने, माधव थपलिया, सचिवमामा शालिकराम बास्तोला, कोषाध्यक्षमा गीता सिम्खडा, सह–सचिवमा कपिल सिम्खडा, कार्यसमिति तथा महिला अध्यक्षमा बिन्दु शर्मा, कार्यसमिति सदस्य एवम् युवा अध्यक्षमा प्रदिप सिंह कुर्मी, कार्यसमिति सदस्यहरुमा उमा कुमारी सापकोटा, राजेन्द्र आचार्य, बिष्णु प्रसाद भट्टराई, गोकर्ण गिरी, लक्ष्मी देवकोटा, महिला उद्यमी मञ्च रत्ननगरको सदस्यहरुमा जमुना ओझा, निर्मला पाण्डे, युवा उद्यमी मञ्च रत्ननगरको सदस्यहरुमा माधव सापकोटा, कृष्ण अर्याल, लेखा समिति सदस्यमा रामप्रसाद पराजुली चयन चयन हुनु भएको छ ।
कार्यक्रम अन्तर्गत नव निर्वाचत समितिका अध्यक्षलाई चितवन उद्योग संघ, रत्ननगर समितिका निवर्तमान अध्यक्ष उमाकान्त पौडेल र नवनिर्वाचित कार्यसमितिलाई नवनियुक्त अध्यक्ष सुवासचन्द्र गौतमले शपथ खुवाउनु भएको थियो । नवनिर्वाचित अध्यक्षलाई निवर्तमान अध्यक्षले पद सँगै माईन्युट हस्तान्तरण गर्नुभएको थियो ।
चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई नवनिर्वाचित अध्यक्ष सुवास चन्द्र गौतमले प्रतिवद्धता मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण बुटवल–१८ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अध...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज