सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ।

सुबिसु र सुदूरपश्चिम रोयल्सबीच एनपिएलको आगामी सिजनका लागि सहकार्य गर्ने सम्झौता भएको हो।सहकार्यसँगै टोलीको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेटसम्बन्धी आवश्यकतामा सुबिसुले साझेदारी गर्नेछ।

सुबिसु लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई जोड्ने उद्देश्यले सहकार्य गरिएको बताए।

“यस सहकार्यबाट हामी खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई अझ नजिकबाट जोड्ने प्रयास गर्नेछौँ,” उनले भने, “नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा सुबिसुको निरन्तर प्रतिबद्धता रहनेछ।”

सुबिसु लिमिटेडका अध्यक्ष सुरेन्द्र बहादुर श्रेष्ठले एनपिएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याइरहेको बताए। सुदूरपश्चिम रोयल्ससँगको सहकार्य सुबिसुको खेलकुदप्रतिको निरन्तर प्रतिबद्धताको निरन्तरता भएको उनको भनाइ छ।

“एनपिएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याइरहेको छ। सुदूरपश्चिम रोयल्ससँगको यो सहकार्य सुबिसुको खेलकुदप्रतिको निरन्तर प्रतिबद्धता हो,” उनले भने, “नेपाली खेलकुदको विकासमा हाम्रो सहकार्य आगामी दिनमा पनि जारी रहनेछ।”

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सुबिसुसँगको सहकार्यले टोलीको व्यावसायिक तथा डिजिटल पक्षलाई थप मजबुत बनाउने बताए।

“सुबिसुसँगको सहकार्यलाई हामीले केवल व्यावसायिक साझेदारीका रूपमा मात्रै हेरेका छैनौँ,” उनले भने, “नेपाली क्रिकेट र विशेषगरी सुदूरपश्चिम रोयल्सको यात्रामा प्रविधि र डिजिटल कनेक्टिभिटीको भूमिका महत्त्वपूर्ण छ। यस सहकार्यले हाम्रा समर्थक र टोलीबीचको सम्बन्धलाई अझ नजिक बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ।”

यसैबीच, सुदूरपश्चिम रोयल्सले आगामी एनपिएल सिजनका लागि टोली निर्माणलाई तीव्रता दिइरहेको जनाएको छ। टोलीले यसअघि इङ्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई पहिलो विदेशी खेलाडीका रूपमा पुनः अनुबन्ध गरिसकेको छ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण बुटवल–१८ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अध...

एसियाली खेलकुदमा इतिहास बदल्ने लक्ष्यमा नेपाल

नेपालले २०औँ एसियाली खेलकुदमा क्वाटरफाइनलको तगारो पार गर्दै इतिहास रच्ने लक्ष्य लिएको छ। विगतका तीन संस्करणमा क्वाटरफाइनलमै रोकिए...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूक...
‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ शनिबार मध्यरातमा सामाजिक सञ्जालमा गरेको एक पोस्टका कारण हाल विवादमा तानिएका छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज