Advertisement

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको बताएका छन्। एन्फाले आगामी पुस ९ देखि लिग सुरु गर्ने तयारी गरिरहेको छ र क्लबहरूसँग छलफल थालेको छ। सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छलफलमा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले लिग भए सहभागी हुने बताए।

उनले लिग हुने/नहुने कुरा एन्फाको हातमा रहेको र मिति तय गर्नुअघि स्टेडियमको व्यवस्था पक्का गर्नुपर्ने बताए। स्टेडियम निश्चित नभए लिग नहुन सक्ने उनको भनाइ छ। शेर्पाले एन्फाको छलफलमा सहभागी भएको र लिग नखेल्ने कुरा नभनेको प्रष्ट पारे। उनले पारदर्शी रूपमा क्लब लाइसेन्स दिएर लिग गर्न सुझाए। होम र अवे मैदान कानुनी रूपमा उपलब्ध भए सोही ढाँचामा खेल्न तयार रहेको उनले बताए।

बङ्गलादेशमा लिग खेल्न गएका खेलाडीलाई नराम्रो नमान्न र नियमित लिग भए खेलाडी पलायन रोकिने उनको विचार छ। गत भदौ २३ मा एन्फाले यु–१६ लिगबारे छलफल गर्न बोलाएको थियो। तर, अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई उपस्थित थिएनन्, सहायक महासचिव र सिइओसँग मात्र छलफल भयो।

एन्फाले अव्यवस्थित रूपमा लिग स्थगितको सन्देश पठाएको र औपचारिक पत्र नदिएकोमा शेर्पाले गुनासो गरे। गत वर्षको यु–१६, यु–१८ र ‘ए’ डिभिजन लिगको बजेट नपाएको र दसैँअघि रकम दिन शेर्पाले आग्रह गरे।

एन्फाले होम र अवे ढाँचामा लिग गर्ने छलफल अघि बढाएको छ, तर क्लबहरूले ठोस योजना नभए यो उपयुक्त नहुने बताए। एन्फाले लिगको ढाँचा, मार्केटिङ र व्यवस्थापनबारे प्रस्ताव ल्याएको छ। पछिल्लो शीर्ष लिग २०७९/८० मा भएको थियो, जसमा चर्च ब्वाइजले जितेको थियो। त्यसयता एन्फा लिग गर्न असफल छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज