अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव
अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषयमा छलफल गरेका छन्। ट्रम्प–सी शिखर बैठकअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ नेतृत्वको टोलीबीच न्यूयोर्कमा भएको आठ घण्टे वार्तामा प्रस्ताव अघि बढाइएको हो।
दुवै पक्षले एआईसँग सम्बन्धित सम्भावित घटना तथा राष्ट्रिय सुरक्षा जोखिमबारे जानकारी आदानप्रदान गर्ने संयन्त्रबारे थप छलफल गर्न सहमति जनाएका छन्। वार्तामा व्यापार, लगानी र अघिल्ला सहमति कार्यान्वयनका विषयमा समेत छलफल भएको छ।...
















