समाचार

आज फाल्गुनन्द जयन्ती

आज फाल्गुनन्द जयन्ती

ताजा अपडेट, समाचार
काठमाडौँ | किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवान्को पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन्, जुन सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय छन् । महागुरु फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भा...
सप्तरी प्रहरी एक्सनमा : एक महिनामा ७३ जना फरार प्रतिवादी पक्राउ

सप्तरी प्रहरी एक्सनमा : एक महिनामा ७३ जना फरार प्रतिवादी पक्राउ

मधेस प्रदेश, समाचार
राजविराज | एक महिनामा सप्तरी प्रहरीले ७३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले एक महिने कार्य सम्पादनबारे जानकारी दिन शनिबार गरेको पत्रकार सम्मेलनमा एसपी ढकेन्द्र खतिवडाले अदालतले सजाय र जरिवाना तोकेपनि फरार रहेकाहरुमध्ये पछिल्लो एक महिनामा ७३ जनालाई नियन्त्रणमा लिएको बताए । ती पक्राउ गरिएका प्रतिवादीहरुबाट चारवर्ष दुई महिना ११ दिन भुक्तानका लागि कारागार चलान गरिएको छ । फरार प्रतिवादी नियन्त्रणमा लिने क्रममा तीन लाख ३१ हजार ८ सय ६१ रुपैयाँ जरिवाना असुल उपर गरिएको एसपी खतिवडाले बताए । पछिल्लो एक महिनामा सप्तरी प्रहरीले ठुलो परिमाणमा तस्करीका सामान बरामद गरेको छ । पछिल्लो एक महिनामा सप्तरी प्रहरीले ४६ लाख ६९ हजार ६ सय ३५ रुपैयाँ बराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिएको छ । एसपी खतिवडाका अनुसार भन्सार छलीमा लागेका १० जनालाई नियन्त्रणमा लिएको छ । दसैँ तिह...
रत्न प्रिय क्लबको अध्यक्षमा पुनः बसन्त रानामगर

रत्न प्रिय क्लबको अध्यक्षमा पुनः बसन्त रानामगर

बागमती, समाचार
रत्ननगर। पूर्वी चितवनको रत्ननगरमा रहेको रत्न प्रिय क्लबको अध्यक्षमा पुनः बसन्त रानामगर चयन भएका छन् । शनिबार सम्पन्न क्लबको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनले रानामगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा रामु पौडेल, रश्मी गुरुङ्ग , सचिवमा विजय लामा , सह सचिवमा बिवेक अम्गाई कोषाध्यक्षमा प्रवेश कुँवर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सन्त बहादुर प्रजा, सलीन प्रजा, कर्ण सुनार, विपना ओझा र हिरा सुनार रहेका छन् । रत्ननगर खानेपानीका अध्यक्ष माधव अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष अनन्त अधिकारी, रत्ननगर नगरपालिका मेलमिलाप समितिका अध्यक्ष भुपेन्द्र अधिकारी, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी , जिल्ला समन्वय समिति सदस्य सविता चौधरी , वडा नम्बर ७ का वडाध्यक्ष सजना महतो , वडा नम्बर ९ का वडा सदस्य कमानसिंह चौधरी , सुस्मा...
भैरहवाबाट पहिलोपटक चार अन्तर्राष्ट्रिय उडान

भैरहवाबाट पहिलोपटक चार अन्तर्राष्ट्रिय उडान

Breaking News 2, अर्थ, लुम्बिनी, समाचार
भैरहवा | ठुलो धनराशि खर्च गरी निर्माण गरेर पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेको भनेर आलोचना भइरहेका बेला गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट चार वटा विमान कम्पनीले पहिलो पटक व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन्। एक विमान कम्पनीले निकट भविष्यमै अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ। भैरहवाबाट नेपाल एयरलाइन्स, फ्लाई दुबई, थाई एयर एसिया र जजिराले अन्तर्राष्ट्रिय उडान सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले बताए। ‘चार विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन्,’ तिवारीले भने, ‘कतार एयरलाइन्स पनि उडान भर्ने तयारीमा छ।’ तिवारीका अनुसार शुक्रबार र शनिबार मात्र चार कम्पनीले अन्तर्राष्ट्रिय उडान भरेका हुन्। फ्लाई दुबईले सातामा सातै दिन उडान भर्ने भएको छ। उक्त कम्पनीले दुबई–भैरहवा–काठमाडौं–दुबई रुटमा उडान भर्नेछ। दुबई ...
कांग्रेसले सर्केगार्डको उपाध्यक्षमा सबिता बुढालाई उठाउने

कांग्रेसले सर्केगार्डको उपाध्यक्षमा सबिता बुढालाई उठाउने

कर्णाली, राजनीति, समाचार
सिमकोट | आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले हुम्लाको सर्केगार्ड गाउँपालिकाको उपाध्यक्षमा सबिता बुढालाई उम्मेदवार बनाउने भएको छ। कांग्रेस हुम्लाको ‘क’ प्रदेश कार्यसमिति बैठकले उपाध्यक्षको उम्मेदवारका लागि बुढाको नाम सिफारिस गरेको थियो। कांग्रेस जिल्ला संसदीय समितिले बुढाको नाम अनुमोदन गरेको उपसभापति वसन्त रोकायाले जानकारी दिए। जिल्लाको निर्णयबारे अब केन्द्रलाई जानकारी गराउने उनले बताए। बुढा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधि हुन्। गत भदौमा उक्त गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सडक दुर्घटनमा निधन भएको थियो।...
दुबई पठाइ दिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

दुबई पठाइ दिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

समाचार
काठमाडौँ। वैदेशिक रोजगारमा दुबई पठाइ दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धादिङ गंगाजमुना गाउँपालिका–४ घर भई काठमाडौँ तार्केश्वर नगरपालिका–१० मनमैजु हिलेटोल बस्ने ३० वर्षीय सञ्जीव गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । गुरुङले दुबई पठाइदिन्छु भन्दै तीन जना पीडितहरूबाट नगद १९ लाख ७० हजार रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गुरुङलाई तार्केश्वर नगरपालिका–१० मनमैजु हिलेटोलबाट पक्राउ गरेको हो । गुरुङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ । यसैगरी, क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराई दिन्छु भनी ठगी गरेको अभियोगमा पनि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको सिन्धुपाल्चोक बलेफी गाउँपाल...
भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग

भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग

समाचार, स्वास्थ्य
दाङ | देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडित बिरामीलाई उपचारका लागि सहयोग गरिएको छ । दाङको घोराही उपमहानगरपालिका–१० को प्रकृति लोक सांस्कृतिक क्लबले तिहारका अवसरमा भैलो खेलेर सङ्कलन गरेको एक लाख रुपैयाँ क्यान्सरपीडित गौमती थापाको उपचारका लागि सहयोग गरेको हो । घोराही–१० नारायणपुरकी थापा स्तन क्यान्सर रोगका कारण बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचाररत छिन् । बिरामीको उपचारमा सहयोग पुगोस् भनेर भैलोबाट सङ्कलन गरिएको रकम सहयोग गरिएको सो क्लबका अध्यक्ष आशिष पुनले बताए । भैलोबाट सङ्कलित रकम प्रत्येक वर्ष सामाजिक कार्यमा लगाउने गरेको उनको भनाइ छ । गत वर्ष भैलोबाट सङ्कलन गरिएको एक लाख बराबराका सामग्री क्लबले घोराही–१० मा रहेको सेवाघर, वडा नम्बर १६ मा रहेको वृद्धाश्रम र तुलसीपुरमा रहेको मानव सेवाघरलाई सहयोग गरेको थियो । क्लबले बिरामी थापाको उपचारका लाग...
सौराहामा पर्यटक घुम्ने बढे, होटेलमा बस्न रुचाएनन्

सौराहामा पर्यटक घुम्ने बढे, होटेलमा बस्न रुचाएनन्

Breaking News 1, अर्थ, बागमती, समाचार
नारायणगढ । पर्यटकको सङ्ख्या बढे पनि सौराहामा होटेलमा बस्ने पर्यटक घटेका छन् । सौराहा घुम्न आउने तर बास नबस्ने पर्यटक वृद्धि हुँदा होटल व्यवसायी चिन्तित बनेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटेल व्यवसायी सुमन घिमिरे अहिलेको मुख्य सिजनमै होटेलका कोठा ४० प्रतिशतभन्दा बढी नबिकेको बताउनुभयो । “विगतका वर्षमा यस सिजनमा ८०/९० प्रतिशतसम्म अकुपेन्सी (कोठामा अतिथि बस्ने) हुने सौराहामा यस वर्ष ४० प्रतिशत कटाउन पनि मुस्किल भएको छ,” उहाँले भन्नुभयो । सौराहामा १३० होटेलमा सात हजार पर्यटक राख्न सक्ने क्षमता छ । चितवनमा भने २४० वटा पर्यटकीय होटलमा चार हजार आठ सय बेड सङ्ख्या रहेको पर्यटनविद् डा. विश्व सुवेदीले जानकारी दिनुभयो । “अहिले पर्यटक आगमनको सिजन हो तर पनि होटेल अकुपेन्सी बढ्न सकेन,” व्यवसायी घिमिरेले दुखेसो पोख्नुभयो । वर्षा सकिएर भदौ लागेसँगै पर्यटक आउने ...
गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै

गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै

राजनीति, समाचार
काठमाडौँ | प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थियो। विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए। सर्वोच्च नेता सिंहसँग नजिक भएर काम गरेका वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत १९९७ सालमा प्रजातन्त्रका लागि घरपरिवार त्यागेर उनले राजनीति सुरु गरेको स्मरण गर्छन्। त्यागबाट राजनीतिक जीवन सुरु गरेका सिंहले १९९७ सालदेखि  २०४६ सालसम्म आन्दोलन गरेर प्रजातन्त्रका लागि योगदान गरेको बस्नेत बताउँछन्। सिंहले २०४६ साल...
दोस्रो मनहरी कप फुटबल प्रतियोगिता, उद्घाटन खेलमा नमोबुद्द सफल

दोस्रो मनहरी कप फुटबल प्रतियोगिता, उद्घाटन खेलमा नमोबुद्द सफल

खेलकुद, बागमती, समाचार
मनहरी । चैनपुर जेसीज मनहरीको आयोजनामा दोस्रो मनहरी कप फुटबल प्रतियोगिता शुक्रवार देखि सुरु भएको छ । मनहरी गाउँपालिकाको ४ नम्बर वडाको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगिता मंसिर ३ गते सम्म संचालित हुने छ । गाउँपालिकाको ४ नम्बर वडास्थित मसिनेको गोलघर खेल मैदानमा आयोजित उक्त प्रतियोगितामा जिल्लाका १६ वटा टिमको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पालिकाले खेल क्षेत्रमा सक्दो लगानी गर्दै आएकोले आगामी दिनमा अझै योजनाबद्ध भएर काम गर्ने धारणा राखे । प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा १३ पदमपोखरीको नमोबुद्ध एफसीले विजय यात्रा सुरु गरेको छ । उद्घाटन खेलमा मनहरी ४ नम्बर वडालाई २–० ले हराउँदै नमोबुद्धले विजय यात्रा सुरु गरेको हो । २६ औं मिनेटमा सुनिल लामाले गोल गर्दै नमोबुद्धलाई अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा सामुयल सुनारले अग्रत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज