Advertisement

भैरहवाबाट पहिलोपटक चार अन्तर्राष्ट्रिय उडान

भैरहवा | ठुलो धनराशि खर्च गरी निर्माण गरेर पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेको भनेर आलोचना भइरहेका बेला गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट चार वटा विमान कम्पनीले पहिलो पटक व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन्। एक विमान कम्पनीले निकट भविष्यमै अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ।

भैरहवाबाट नेपाल एयरलाइन्स, फ्लाई दुबई, थाई एयर एसिया र जजिराले अन्तर्राष्ट्रिय उडान सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले बताए। ‘चार विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन्,’ तिवारीले भने, ‘कतार एयरलाइन्स पनि उडान भर्ने तयारीमा छ।’ तिवारीका अनुसार शुक्रबार र शनिबार मात्र चार कम्पनीले अन्तर्राष्ट्रिय उडान भरेका हुन्।

फ्लाई दुबईले सातामा सातै दिन उडान भर्ने भएको छ। उक्त कम्पनीले दुबई–भैरहवा–काठमाडौं–दुबई रुटमा उडान भर्नेछ। दुबई नेपालको श्रम गन्तव्य हो। फ्लाई दुबई इमिरेट्सको भगिनी संस्था रहेको र इमिरेट्सको विश्वभर सञ्जाल रहेकाले नियमित उडान हुने विश्वास लिइएको छ। खाडी मुलुकमा नेपाली कामदारको संख्या ठुलो छ। नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–दुबई सातामा चार वटा उडान भर्ने तालिका छ। कतार एयरलाइन्सले पनि उडानका लागि प्रस्ताव पेस गरेको र तालिका स्वीकृत हुने चरणमा रहेको महाप्रबन्धक तिवारीले बताए।

विगतमा उडान सुरु गरेर रोकेको जजिराले पनि पुनः उडान सुरु गरेकाले निरन्तरता दिने अपेक्षा गरिएको छ। जजिराले सातामा तीन उडान कुवेतबाट भर्ने तालिका छ। थाई एयर एसियाले शुक्रबार उडान भर्न सुरु गरेको थियो। थाईले थाइल्यान्ड, भितयनाम, कम्बोडियाबाट उडान भर्नेछ। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ती मुलुकका बौद्ध धर्मावलम्बी आउने भएकाले उडानले निरन्तरता पाउने विश्वास लिइएको महाप्रबन्धक तिवारीले बताए। ‘नेपालबाट थाइल्यान्ड घुम्न जानेको संख्या पनि ठुलो छ,’ उनले भने। भैरहवाबाट उडान भर्ने विमान कम्पनीलाई छुट दिइएकाले भाडा काठमाडौंबाट भन्दा सस्तो हुँदा यात्रुहरू पनि आकर्षित हुने तिवारीले बताए।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक भन्सार, अध्यागमन, राष्ट्रिय अनुसन्धान, पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी, वाणिज्य बैंकलगायत कार्यालय सञ्चालनमा आएका छन्। निर्माण सम्पन्न भएको लामो समयपछि अन्तर्राष्ट्रिय उडान सुरु भएपछि उड्डयन क्षेत्रमा उत्साह थपिएको छ। सरकारले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्नेलाई विशेष छुट दिएपछि विमान कम्पनीहरू आकर्षित भएका हुन्। सरकारले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरूलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय गरेको थियो। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमा उडान भर्ने कम्पनीलाई इन्धनमा तोकिएको मूल्यमा प्रतिकिलोलिटर एक सय डलर छुटको व्यवस्था गरिएको छ।

पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिने विमान प्रयोग गर्ने इन्धनमा सहुलियत पाउँछन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा मर्मतका लागि बन्द गरिने भन्दै पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवाहरूलाई भैरहवाबाट उडान भर्न अनुरोध गरेकाले पनि थप दबाब बढेको थियो। हवाई टिकट र ग्राउन्ड ह्यान्डलिङमा लगाइएको करमा मात्र नभएर पार्किङ–ल्यान्डिङ शुल्कमा पनि सरकारले छुट दिएको छ। लामो समयको प्रतीक्षापछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न सरकारले विभिन्न हवाई कम्पनीलाई आग्रह गर्दै आएको थियो। उडान भर्न नेपाल वायुसेवा निगम, श्रीलंकन एयर, फलाई दुबई, थाई स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयर लगायत ११ मुलुकका कम्पनीहरूले उडान भर्न चासो देखाए पनि पाँच कम्पनी उडान भर्न तयार भएका छन्।

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि निजी क्षेत्र उत्साहित छ। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनमा ध्यान दिन सरकारसँग आग्रह गरे। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका बेला गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढ्नु स्वाभाविक हो,’ उनले भने, ‘दिगो रूपमा सञ्चानलमा सम्बन्धित पक्ष गम्भीर हुनुपर्छ।’

सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले अन्तर्राष्ट्रिय उडानहरूलाई नियमित र दिगो बनाउनुपर्नेमा जोड दिए। अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने सम्पूर्ण सेवासुविधा तत्काल उपलब्ध गराई दिगो सञ्चालनका लागि राज्यका सबै निकाय गम्भीर भएर लाग्नु पर्नेमा उनले जोड दिए।

यो विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलपछिको नेपालकै दोस्रो ठुलो अन्तर्राष्ट्रिय विमानस्थल हो। त्रिभुवन विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपत्कालीन अवस्थामा भैरहवा विमानस्थलमा विकल्पका रूपमा जहाज अवतरण गर्न सकिन्छ। सुरुमा दुई सय ८७ बिघामा सञ्चालित विमानस्थल अहिले आठ सय १० बिगाह क्षेत्रफलमा विस्तार भएको छ। यो विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने जुनसुकै जहाजहरू सुरक्षित उडान अवतरण गर्न सक्ने अधिकारीहरूले जनाएका छन्। यो विमानस्थल एसियाली विकास बैंकको सहुलियत ऋणमा विमानस्थल निर्माण भएको हो। यो विमानस्थलबाट बुद्धजन्मस्थल लुम्बिनी करिब २२ किलोमिटरको दुरीमा रहेको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज