सौराहामा पर्यटक घुम्ने बढे, होटेलमा बस्न रुचाएनन्

नारायणगढ । पर्यटकको सङ्ख्या बढे पनि सौराहामा होटेलमा बस्ने पर्यटक घटेका छन् । सौराहा घुम्न आउने तर बास नबस्ने पर्यटक वृद्धि हुँदा होटल व्यवसायी चिन्तित बनेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटेल व्यवसायी सुमन घिमिरे अहिलेको मुख्य सिजनमै होटेलका कोठा ४० प्रतिशतभन्दा बढी नबिकेको बताउनुभयो ।

“विगतका वर्षमा यस सिजनमा ८०/९० प्रतिशतसम्म अकुपेन्सी (कोठामा अतिथि बस्ने) हुने सौराहामा यस वर्ष ४० प्रतिशत कटाउन पनि मुस्किल भएको छ,” उहाँले भन्नुभयो ।

सौराहामा १३० होटेलमा सात हजार पर्यटक राख्न सक्ने क्षमता छ । चितवनमा भने २४० वटा पर्यटकीय होटलमा चार हजार आठ सय बेड सङ्ख्या रहेको पर्यटनविद् डा. विश्व सुवेदीले जानकारी दिनुभयो ।

“अहिले पर्यटक आगमनको सिजन हो तर पनि होटेल अकुपेन्सी बढ्न सकेन,” व्यवसायी घिमिरेले दुखेसो पोख्नुभयो ।

वर्षा सकिएर भदौ लागेसँगै पर्यटक आउने मुख्य सिजन मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार चितवनमा यस सिजनमा पर्यटकको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०८१/८२ को असोज मसान्तसम्म २८ हजार ६४ पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । जबकि आव २०८०/८१ को सोही अवधिमा १७ हजार ६२ पर्यटकले मात्रै निकुञ्ज अवलोकन गरेका थिए ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापाले यसरी घुम्न आउने पर्यटकमध्ये चालु आव २०८१÷८२ को असोज मसान्तसम्म २६ हजार २७६ सौराहाबाट निकुञ्ज प्रवेश गरेको जानकारी दिनुभयो । आव २०८०/८१ को सोही अवधिमा १४ हजार ४६२ रहेको उहाँले जानकारी दिनुभयो ।

सौराहाका अलवा निकुञ्जमा कसरा, मेघौली र नवलपरासीको अमलटारीबाट पनि प्रवेश अनुमति दिइन्छ । सौराहाका तुलनामा यो क्षेत्रमा पर्यटकको सङ्ख्या न्यून छ तर पनि यस वर्ष यो क्षेत्रबाट पनि पर्यटक बढेको देखिन्छ ।

पर्यटकको सङ्ख्या बढे पनि होटल

‘अकुपेन्सी’ घट्दा पर्यटन व्यवसायीले चिन्ता गरेका छन् । विज्ञ डा. सुवेदी भने सौराहामा होटल अकुपेन्सी घट्नुमा सौराहा आएका पर्यटक अन्यत्र ‘डाइभर्ट’ भएको अनुमान गर्नुहुन्छ ।

“अहिले निकुञ्ज घुम्ने र होटलमा नबसी घर फर्कनेको सङ्ख्या पनि बढी छ,” उहाँले थप्नुभयो, “अहिले देखिएको आर्थिक मन्दीका कारण कतिपय पर्यटक सौराहा घुमेर कम खर्चमा बस्नका लागि सासाना होमस्टे पुगिरहेका छन् ।”

होमस्टे महासङ्घ बागमती प्रदेशका महासचिव जितबहादुर चापागाईं पनि पर्यटकको आकर्षण होमस्टेप्रति नै भएको स्विकार्नुहुन्छ । “यो (कात्तिक) महिनामा हाम्रो होमस्टे (माडी भ्यु सामुदायिक होमस्टे) मा मात्रै सौराहा घुमेर चार समूह बस्न आइपुगे,” उहाँले भन्नुभयो । यो सङ्ख्या माडीमा मात्रै नभई मेघौली, कठार, कुमरोज र पदमपुरमा रहेका होमस्टेमा पनि उत्तिकै रहेको उहाँको भनाइ छ ।

“ठुला होटेलमा बस्दा एउटा कोठाको कम्तीमा पनि दुई हजार पाँच सयदेखि पाँच हजार रुपियाँसम्म पनि तिर्नु पर्छ । होमस्टेमा पाँच/सात सयमै पुग्छ । अहिले आयस्रोतसमेत खुम्चिएका बेला पर्यटकले पनि कम खर्च गर्न लागेका हुन् कि भन्ने देखिएको छ,” विज्ञ डा. सुवेदीको तर्क छ ।

व्यवसायी घिमिरे भने देशभर आएको बाढीपहिरोको प्रभाव, सडक निर्माणमा भइरहेको ढिलासुस्तीका कारण खर्च गर्न सक्ने पर्यटकको सङ्ख्या कमी भएको बताउनुहुन्छ ।

“काठमाडौँबाट आउने होस् कि पोखराबाट आउने सबै सडकको अवस्था बेहाल छ । लुम्बिनी जाने सडक त भन्नै परेन अनि लामो समय बस्ने र होटलमा खर्च गर्ने पर्यटक कहाँबाट आउनु ?” उहाँको प्रश्न छ  ।

२०२९ सालमा स्थापना भई विश्वसम्पदा सूचीमा परेको चितवन राष्ट्रिय निकुञ्जका बाघ, गैँडा जस्ता दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी आकर्षण हुन् । ९३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा रहेका ६६० चराचुरी, बिस हजारी ताल जस्ता रामसार क्षेत्रमा सूचीकृत तालतलैयाले यसको आकर्षण बढाएको छ । हात्ती चडेर वन्यजन्तु (बाघ, गैँडा जस्ता जनावर) हेर्न पर्यटक चितवन आउने गर्छन् । विशेषतः हात्ती सफारी, जिप सफारी, जङ्गल सफारी (पैदल यात्रा) डुङ्गा सफारी निकुञ्जका विशेषता हुन् । चितवनभर जहाँ गए पनि वन र वन्यजन्तुमा मात्रै आधारित पर्यटनको विकास भएकाले पनि सौराहाको अकुपेन्सी घटेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज