‘मोहर’ सेन्सर पास, PG सर्टिफिकेटसहित शुक्रबारबाट प्रदर्शनमा
आगामी शुक्रबार (साउन २३) बाट रिलिज हुन लागेको फिल्म ‘मोहर’ सेन्सर पास भएको छ। चलचित्र सेन्सर बोर्डले कुनै दृश्य नकटाई फिल्मलाई PG सर्टिफिकेट दिएको छ, जसअनुसार १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा मात्र फिल्म हेर्न पाउनेछन्।
ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाललगायतको अभिनय छ। प्रचारमा नायक पल शाह र गायक थानेश्वर गौतम देशभर दर्शकसँग प्रत्यक्ष भेट गर्दै छन्।...











