नवलपुरको सिङ्चाङमा ८० रोपनीमा कागती खेती गर्दै आएका दीपक चापागाईँले मलेसियाबाट फर्किएपछि कृषिमा भविष्य देखेका छन्। पाँच वर्षअघि सुरु गरिएको खेतीले अहिले राम्रै उत्पादन दिन थालेको छ। यो वर्ष मात्र ५० क्विन्टल कागती बजारमा पठाइसकेका छन् भने ५ सय क्विन्टल उत्पादन हुने अनुमान छ।
चापागाईँ र देवीप्रसाद भुसालले सफल कृषि फार्ममार्फत खेती विस्तार गर्दै आएका छन्। गाउँका अन्य किसान पनि प्रेरित भई कागती खेतीमा लागेका छन्। कागती खेतीले गाउँमा रोजगारी पनि बढाएको छ।
हाल नवलपुरमा १५० किसानले ५० हजारभन्दा बढी बिरुवा लगाएका छन्। जिल्ला कृषि कार्यालयले अनुदान, औषधि र नर्सरी सहयोग गर्दै आएको छ। तर, किसानले उचित बजारको अभाव रहेको गुनासो गरेका छन्।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।