पर्साको ग्रामीण र सहरी क्षेत्रमा भारतबाट भैँसी, गुट्खा, ड्राइफ्रुट्स, लत्ताकपडा, मोटर पार्ट्सजस्ता सामानको तस्करी बढेको छ। खुला सीमाको फाइदा उठाउँदै भइरहेको तस्करी रोक्न सुरक्षाकर्मी सक्रिय छन्। सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त छापामा वीरगञ्ज क्षेत्रबाट सातामा दुई पटकसम्म ७ देखि १५ लाख रुपैयाँसम्मको सामान बरामद हुने गरेको छ।
२०७८/८२ मा सशस्त्र प्रहरीले झन्डै ४० करोड ९१ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। यसमध्ये २८ करोड ९२ लाख भन्सारमा र ११ करोड ९९ लाख राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको थियो।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।