चितवन — लामो ड्युटी समय र न्यून सुविधाका कारण चितवनमा प्रहरी सेवाबाट राजीनामा दिने र कारबाहीमा पर्ने संख्या बढेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा २४ जना प्रहरी कर्मचारी कारबाहीमा परे भने २४ जनाले राजीनामा दिएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी आचरणविरुद्ध २४ उजुरी परेका थिए, जसमा डिएसपीदेखि जवानसम्मको संलग्नता देखिएको छ। पाँच जनालाई निलम्बन, सात जनाको बढुवा वा तलबमा रोक, दुई डिएसपीसहित छ जनालाई सचेत, र अन्यलाई नसिहत दिइएको छ।
त्यसैगरी, २२१ प्रहरी कर्मचारीलाई राम्रो कामको आधारमा नगदसहित पुरस्कृत गरिएको प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।