दसैँ नजिकिएसँगै खसीबोकाको किनबेच सुरु
काठमाडौँ | दसैँ नजिकिएसँगै खसीबोकाको किनबेच सुरु भएको छ । चाडपर्वमा हुने खर्च जुटाउन किसानले गाउँ गाउँबाट बजारमा ल्याएर खसीबोका बेच्न सुरु गरेका छन् । सर्लाहीमा लालबन्दी, हरिवन, बयलबास र बरहथवा बजारमा दसैँलक्षित गरी खसीबोकाको किनबेच सुरु भएको हो । लालबन्दी बजारका व्यापारी किरण साहले दसैँकै लागि भनेर अहिलेदेखि नै किसानले बजारमा खसीबोका ल्याउन सुरु गरेको बताउनुभयो । उहाँका अनुसार स्थानीय व्यापारी आफैँ पनि खसीबोका खोज्दै गाउँ पस्न सुरु गरेका छन् ।
केही व्यापारीले गाउँघरमा पुगेर किसानलाई खसीबोकाको मूल्य तोकेर अग्रिम भुक्तानी गरी फर्किने गरेका छन् । त्यसरी पहिले नै पैसा भुक्तानी गरिएको खसीबोका दसैँ सुरु भएपछि बजारमा ल्याएर बेच्ने व्यापारीको तयारी छ । दसैँ आउनुभन्दा केही साताअघि नै खसीबोका किनेर राख्नेहरू भने अहिलेदेखि नै बजार आउन थालेका व्यापारीको भनाइ छ । आर्थिक मन्दीका कारण गत वर्ष किसानले...



















