Advertisement

गुलशनको सानदार अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल ओमनसँग पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल फेरि ओमनसँग हारेको छ । गएराति सम्पन्न खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको हो । नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको हो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । ओमानका लागि अन्तिमसम्म खेलेका सकिल अहमद १७ र कलिमुल्लाह ६ रनमा नट आउट रहे ।  ओमानका जतिन्दर सिंहले ४९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाए । कश्याप प्रजापतिले ५२ बलमा ४ चौकासहित ३६ रनको योगदान दिए ।

नेपालका लागि गुलसन झा एक्लैले पाँच विकेट लिए । त्यस्तै करण केसीले दुई तथा सन्दीप लामिछाने र आरिफ शेखले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको इनिङ खेलेका थिए । तल्लोक्रममा गुलशन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको महत्वपूर्ण इनिङ खेले ।

एक समय १३.१ ओभरमा ३१-३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि रोहित र आरिफ शेखले ८३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । आरिफ शेख ८८ बलमा १ चौकासहित ३५ रनमा आउट भए । ओपनर अर्जुन साउद ५, भीम सार्की, आरिफ शेख ११-११ तथा अनिल साह ३ रनमा आउट भए ।

सोमपाल कामीले ८ बलमा २ छक्कासहित २० तथा सन्दीप लामिछाने १५ बलमा ११ रन जोडे । ओमानका कलिमुल्लाह, फयाज बट, अकिब इलियासले २-२ विकेट लिए । सकिल अहमद र शोएब खानले १-१ विकेट लिए । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । नेपालले अब आइतबार क्यानडा र मंगलबार ओमानसँग खेल्नेछ ।

नेदरल्यान्ड्स ८ खेलमा ६ मा जीत र २ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमा छ । क्यानडा ९ खेलमा ५ मा जितसहित १० अंकका साथ दोस्रो स्थानमा छ । यूएई ४ खेलमा अंकविहीन हुँदै पुछारमा छ । नेपाल ६ खेलमा १ मा जितसहित २ अंकका सात सातौं स्थानमा छ । ८ टोली सहभागी लिग-२ का शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउनेछन्।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज