दसैँ नजिकिएसँगै खसीबोकाको किनबेच सुरु

काठमाडौँ | दसैँ नजिकिएसँगै खसीबोकाको किनबेच सुरु भएको छ । चाडपर्वमा हुने खर्च जुटाउन किसानले गाउँ गाउँबाट बजारमा ल्याएर खसीबोका बेच्न सुरु गरेका छन् । सर्लाहीमा लालबन्दी, हरिवन, बयलबास र बरहथवा बजारमा दसैँलक्षित गरी खसीबोकाको किनबेच सुरु भएको हो । लालबन्दी बजारका व्यापारी किरण साहले दसैँकै लागि भनेर अहिलेदेखि नै किसानले बजारमा खसीबोका ल्याउन सुरु गरेको बताउनुभयो । उहाँका अनुसार स्थानीय व्यापारी आफैँ पनि खसीबोका खोज्दै गाउँ पस्न सुरु गरेका छन् ।

केही व्यापारीले गाउँघरमा पुगेर किसानलाई खसीबोकाको मूल्य तोकेर अग्रिम भुक्तानी गरी फर्किने गरेका छन् । त्यसरी पहिले नै पैसा भुक्तानी गरिएको खसीबोका दसैँ सुरु भएपछि बजारमा ल्याएर बेच्ने व्यापारीको तयारी छ । दसैँ आउनुभन्दा केही साताअघि नै खसीबोका किनेर राख्नेहरू भने अहिलेदेखि नै बजार आउन थालेका व्यापारीको भनाइ छ । आर्थिक मन्दीका कारण गत वर्ष किसानले पालेको खसीबोका बिक्री गर्नै समस्या परेको थियो ।

दसैँखर्च जुटाउन अन्य उपाय नै नभएपछि धेरै किसानले सस्तो मूल्यमा खसीबोका बिक्री गर्नु परेको थियो । बिहीबार लालबन्दी खसीबजार आएका लालबन्दी नगरपालिका–१६, परवानीपुर भोर्लेनीका भीमबहादुर कार्कीले यस वर्ष पनि खसीबोकाको भाउ निकै सस्तो पाएको बताउनुभयो ।

दसैँका लागि भनेर डेढ वर्ष पालेर हुर्काएका तीन वटा खसी बजार ल्याएर बेच्न भनी भाउ बुझ्न आए पनि बजारभाउले चिन्तित तुल्याएको कार्कीको भनाइ छ । उहाँले १० धार्नीको खसी २० हजार रुपियाँमा पनि बिक्री नहुने अवस्था देखिएको गुनासो गर्नुभयो ।

बजारमा खसी बेच्न आएका आफूजस्ता अन्य किसान पनि मूल्य नहुँदा निराश भएका कार्कीले बताउनुभएको छ । सर्लाहीमा विशेष गरी चुरे भेगबाट धेरै मात्रामा खसीबोका बजारमा भित्रिने गरेको छ । व्यावसायिक रूपमा बाख्रापालन धेरै हुने चुरे भेगमा व्यापारी आफैँसमेत डाँडापाखा पुगेर खसीबोका खरिद गर्ने गरेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज