Advertisement

दाइसँगै तिहार मनाउने पूरा नभएको त्यो वाचा

जापान | माला, टोपी, सेलरोटी, घरमाथि चौरमा घुम्ते पिङ खेलेको यी बाल्यकालका सम्झनाहरु यतिबेला ताजा भएर आएका छन्। दाइहरुले बनाएको पिङ पहिलो पटक खेल्दाको क्षण निकै आनन्दको थियो।

गाई गोरूलाई तिहारमा लगाइदिने सेतो छाप अनि तोरणको पनि सम्झना हुन्छ। हुन त तिहारको तयारी महिनौं अघि फूलहरु रोप्दैदेखि भइसकेको हुन्छ। तिहार कहिले हरेक वर्ष महिना, बार, गते फरक हुन्थ्यो। चाडहरू कहिले आउँछ भन्ने खुल्दुली त हुन्थ्यो नै। मलाई तिहार मनपर्ने भएर होला दसैँ कहिले हो थाहा पाएपछि २२ दिनमा तिहार आउँछ भनेर औला गनेर जानकारी राखेको अझै सम्झना छ।

दसैँमा लामो बिदा लामो हुने भए पनि मलाई भने रमणीय ५ दिनको तिहार नै मज्जा लाग्थ्यो। काग तिहारमा कागलाई खाना खुवाएर पुजा गर्ने, कुकुरलाई टीका माला लगाएर खाना खुवाउने। काग, गाई, गोरूभन्दा हामी मान्छेसँग कुकुर नजिक भएको जस्तो पनि भान हुन्थ्यो। कुकुरलाई खानेकुरा दिएपछि खुसी हुँदै खाने त्यसपछि जहाँ देखे पनि पुच्छर हल्लाउँदै आउने मान्छे र कुकुरबीचको सम्वन्ध सानैदेखि अनौठो लागेको सम्झना आउँछ।

बच्चामा नबुझीकन पशुपंक्षीसँग रमाउन पाइएकाले मन परेथ्यो। आजकल झन् मनपर्छ। हाम्रो संस्कारमै प्रकृति, पशुपंक्षी, जनावरहरूलाई हार्दिकता व्यक्त गर्दै पुज्ने चलन छ। दसैँको मारकाटभन्दा तिहारको प्रकृति, पशुपंक्षी प्रेमी भावना राम्रो जस्तो पनि लाग्छ। दसैँमा आफूले सानैदेखि पालेको खसी, बोका आखिरमा काटेको र खाएको देख्दा एकपल्ट म रोएको याद आउँछ। विश्व प्रकृति, पशुपंक्षी, जनावर, मानवता संरक्षण गर्नमा ढुलमुल भएको बेला किन हामीले तिनको संरक्षणको सन्देश नफैलाउने?

लक्ष्मी पूजाका दिन मध्यराति तल मगर गाउँबाट आउने अनि माथि गुरूङ्ग गाउँबाट आउने भैलो टिमहरूको पनि खुब याद आउँछ। हुन त अरू भैलो देउसी खेल्ने पनि आउँथे तर गुरूङ्ग मगरहरूको देउसीमा राम्रो नाच्ने र मादलसँगै गाउने तरिका खुबै मनपर्थ्यो। नाङ्लोमा चामल, दियो, वरिपरी पैसा, फूल, सेलरोटी आमाले दिएको याद आउँछ। पछि त आफैं हामी भैलो टिम बनाएर खेल्न थाल्यौं। उठेको पैसा र चामल जम्मा गर्न दिथ्यौं। समय मिलाएर तिहारमा उठेको चामल लिएर कहिलेकाहिँ त ढिकुर छोपेर जाने पनि गर्थ्यौं।

एकपटक मदन दाई, रमेशसँगै मिलेर ढोकेसो थापेको त दुइटा ढिकुर परेका थिए। साथीभाइहरू मदन दाइ, बाबुराम, अभिराज, रमेश, जगन्नाथलगायत वनभोज जान भने खुवै आनन्द आउँथ्यो। ढिकुर पारेर, चित्रो छोपेर, माछा मारेर खाने, पौडी खेल्ने कुरामा राम्रै बानी परिसकेको थियो। वनभोजको सबै व्यवस्थापन भने हजुरआमा (हामी सबैले कान्छी आमा भन्थ्यौं) कति जाती हुनुहुन्थ्यो। धेरै कुरा सिकाउनु भयो। उहाँ अहिले हुनुहुन्न, धेरै सम्झना हुन्छ।

तिहारमा बहिनीले टीका लगाइदिँदा पैसा दिने बेलामा मन कस्तो कस्तो हुन्थ्यो भने अलिकति आफैं राखौं राखौं जस्तो पनि हुन्थ्यो। तर आमाले दिन तयार गरेको सबै दिन्थें सानो भाइ त झन् दिदीलाई पैसा दिन मान्दैन थियो। देऊ भन्दा रून्थ्यो पनि। भाई टीकामा किन भाईले पैसा दिने भनेर कुरा उठाएको पनि याद आउँछ।

परिवारमा बाबाकै पालादेखि एउटी छोरी भएर पनि होला सबैकी प्यारी थिई बहिनी। उमेर मसँग २ वर्षको फरक भए पनि झगडा गरेको सम्झना भने छैन। मलाई पनि सानैदेखि बहिनीको खुब माया लाग्थ्यो। चाडपर्वमा घरको तयारीमा मैले बढी आमालाई सहयोग गर्थे। दाई मैले सम्झेदेखि पढ्ने काममा गुरूहरूसँगै बढी हुनुहुन्थ्यो। विशेषगरी रामजी सर, गोपाल सर, गुरू दाइसँग। ठूलो भएपछि थाहा भयो सानैदेखि दाइ रविन्द्र राजनीति गर्नु हुँदोरहेछ।

तिहारका चिल्ला सेल रोटी र एकदम मन पर्ने अरसाको स्वाद गजबको हुन्थ्यो। सेलाएका सेलरोटीहरू पोलेर खानुको मज्जा पनि भिन्नै थियो। तार्दातार्दैको रोटीभन्दा भोलिपल्टको बासी रोटी पोलेर खान बढो मजा हुन्थ्यो। ऊबेलाको गाउँघरको पर्व मनाउने चलन नै आत्मीय थियो। परदेशमा हामीले दसैँ तिहार मनाउने अवसर त पायौं तर कहाँ पहिलेको जस्तो हुनु र? कहाँ पाउनु बाँसको पातको फिरफिरे, लालुपाते, कहाँ देख्न पाउनु फूलैफूलको तोरण, कता सुन्ने देउसी भैलो।

पछिल्ला वर्षहरुमा नेपालमा सबै भेला भएर पर्व मनाउने संयोग कमै जुर्थ्यो। दाईले तिहारमा जरी पनि सबै भेला हुनुपर्छ भन्नु भएको थियो। त्यो वर्ष चाड आउनु अगावै सानो कामले जापानबाट छोरी सँगै नेपाल गएँ। त्यतिखेर म दाईसँग बढी खुलेर बोलेको थिएँ। दाई पनि साथी जस्तै हुनु भएको थियो। अब नेपाल आउनु पर्छ भन्नु भएको थियो। हुन्छ पनि भने। यत्तिकैमा बिदा भएर धनगढीतिर लागें।

बीच बाटोमा कहालीलाग्दो समाचार सुन्नुपर्यो। होस् हवास् हरायो। केही पछि थोरै सम्हालिएर पूर्ण खबर सुन्दा त दाई (तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारी) ले दुर्घटनामा परी यो दुनियाँलाई सधैंका लागि छोडिसक्नु भएको रहेछ। के गर्ने विधिको बिधान रोकेर नरोकिने। दाईसँग अबको तिहारसँगै मनाउनु पर्छ भनेर वाचा गरेको थिएँ। कति रहर थियो मैले केराको पातमा प्वाल पारेर दाईको निधारमाथि राखेर समाइदिने बहिनीले टीका लगाइदिने र सबै परिवार फोटोमा सजिने चाहना अधुरो रहयो।

हुन त छोराछोरीहरू छन्, भाइ छ, बहिनी छ। फेरि पनि अवश्य चाड मनाइन्छ नै। तर पनि दाई नभएको तिहार पक्कै पनि खल्लो हुने नै भयो। दाई हामीबीच नभए पनि नेपाल सपरिवार जाने योजना थियो तर कोरोनाले गर्दा त्यो अवसर पनि मिलेन। जीवन हो– दुःख, पीडा, खुसी सबै बहन गर्नुपर्छ।

यसपालि आउँदै गरेको तिहारमा आउन नपाइने भन्दै भो भन्दै दाईको सम्झनामा बहिनीलाई चिठी लेखें–

बैनीलाई चिठी लेखें, तिहारमा आउन पाइनँ भनेर
मखमली फूलैफूलको माला लाउन पाइनँ भनेर
घरको आँगनमा बसेर बाटो नकुरे मेरी प्यारी बैनी
यतै रोकिएँ म, देउसीमा घरघर धाउन पाइनँ भनेर

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज