Advertisement

ताजा अपडेट

एमालेले भण्डारीबारे बहसमा प्रतिबन्ध, झण्डामा सुनौलो रङ प्रस्ताव

ताजा अपडेट, राजनीति, राजनीतिक, समाचार
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे हुने बहसमा साउन १२ पछि पूर्ण रोक लगाएको छ। केन्द्रीय कमिटीको नवौं बैठकले भण्डारी सक्रिय राजनीतिमा फर्किन नहुने निष्कर्ष निकालेको छ। सदस्यता नवीकरण पनि नगर्ने निर्णय भएको छ। साथै, पार्टी झण्डामा रहेको हँसिया–हथौडाको सेतो रङलाई सुनौलो बनाउने प्रस्ताव गरिएको छ।    ...

सुदूरपश्चिममा प्रधानमन्त्रीको स्वागतका लागि जाने क्रममा दुई मन्त्रीका गाडी ठोक्किँदा दुर्घटना

Breaking News 1, ताजा अपडेट, समाचार
प्रधानमन्त्रीको स्वागतमा चिसापानी जाँदै गर्दा लम्कीमा भौतिकमन्त्री र कानूनमन्त्रीका गाडी आपसमा ठोक्किएका छन् । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

बहादुरसिंह लामा बागमती कांग्रेस संसदीय दलको नेताबाट पदमुक्त

Breaking News 1, ताजा अपडेट, समाचार
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा अविश्वास प्रस्ताव पारित भएसँगै पदमुक्त भएका छन्। दलको बैठकमा लामाको पक्षमा १५ र विपक्षमा २२ मत परेको थियो। अब नयाँ नेता चयन प्रक्रिया केही दिनमै सुरु हुने बताइएको छ।
‘बाउ भर्सेस छोरा’ होल्डमा, अब बन्ने भयो ‘होस्टेल अगेन’

‘बाउ भर्सेस छोरा’ होल्डमा, अब बन्ने भयो ‘होस्टेल अगेन’

Breaking News 1, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं, साउन ५। केही समयअघि सार्वजनिक घोषणा गरिएको नेपाली चलचित्र ‘बाउ भर्सेस छोरा’ हाललाई निर्माण टिमले होल्डमा राखेको छ । यसको सट्टा अब निर्माण टिमले नयाँ चलचित्र ‘होस्टेल अगेन’ निर्माण गर्ने औपचारिक जानकारी दिएको छ । सम्मान इन्टरटेन्मेन्ट र एरन कान फिल्म्सको सहकार्यमा निर्माण हुने यस नयाँ चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा रगतले लतपतिएको चक्कु, रातो गुलाफ र “Goodbye…” लेखिएको चिठ्ठी देख्न सकिन्छ, जसले प्रेम, रहस्य र थ्रिलरको मिश्रण रहने संकेत गर्छ । चलचित्रको कथा तथा निर्देशन सशान कँडेलले गर्दै छन् भने लेखकको रुपमा माधव शर्मा संलग्न छन् । चलचित्रका कार्यकारी निर्माता शंकर कोइराला रहेका छन् । पोस्टरमा उल्लेख गरिएको “Filming Soon…” ले चाँडै छायांकन सुरु हुने जानकारी दिन्छ । निर्माता टोलीका अनुसार ‘होस्टेल अगेन’ युवापुस्ताको होस्टेल जीवन, प्रेम, मित्र...
पूर्वी चितवन हाम्रो हो! : सांसद ढकालको गर्जन, १३ वटै वडा जित्ने दाबी

पूर्वी चितवन हाम्रो हो! : सांसद ढकालको गर्जन, १३ वटै वडा जित्ने दाबी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
चितवन | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले आगामी निर्वाचनमा पूर्वी चितवनका तीनवटै पालिका र खैरहनी नगरपालिकाका १३ वटै वडा जित्ने दावी गरेका छन्। रास्वपाको तेस्रो स्थापना दिवसको अवसरमा खैरहनीमा आयोजित भेटघाट तथा शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै उनले जनताको विश्वास र पार्टीको सुशासनप्रतिको प्रतिबद्धताले यो लक्ष्य सम्भव हुने बताए। रास्वपा निर्वाचन क्षेत्र समिति, क्षेत्र नं. १, चितवनद्वारा आयोजित कार्यक्रममा ढकालले भने, ‘हामीले जनताको मन जितेका छौं। पूर्वी चितवनका तीन पालिका र खैरहनीका सबै वडा हाम्रो।’ उनले स्थानीय जनताको समर्थन र आफ्नो क्षेत्रमा भइरहेका विकासका कामले यो सम्भव हुने विश्वास व्यक्त गरे। सांसद ढकालले पूर्वी चितवनको विकासका लागि निरन्तर प्रयास गरिरहेको बताए। ‘यहाँका जनताले तिरेको करबाट ल्याइएको बजेट यहाँकै विकासमा खर्च हुन्छ। यो नेताहरूले आफ्नो सम...
खोलामा माछा मार्न गएका युवकको गोहीको आक्रमणमा मृत्यु

खोलामा माछा मार्न गएका युवकको गोहीको आक्रमणमा मृत्यु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
चितवन | चितवनको सौराहा नजिकै रहेको बुढीराप्ती खोलामा बिहीबार राति माछा मार्न गएका एक युवकमाथि गोहीले आक्रमण गर्दा उनको मृत्यु भएको छ। मृतकको पहिचान रत्ननगर नगरपालिका–८ का २६/२७ वर्षीय अविषेक माझीका रूपमा भएको छ। प्रहरीका अनुसार, अविषेक र उनका साथी राजकुमार माझी (४०/४५ वर्ष) राति ९ बजे माछा मार्न खोलामा गएका थिए। माछा मार्ने क्रममा गोहीले अविषेकलाई आक्रमण गरी खोलामा तानेको राजकुमारले प्रहरीलाई जानकारी गराए। घटना भएको खबर राति ९:३५ बजे प्राप्त भएपछि मैनाहा अस्थायी प्रहरी पोस्ट र रत्ननगर इलाका प्रहरी कार्यालयको टोली तत्काल उद्धारमा खटिएको थियो। राति १:२० बजे अविषेकको शव घटनास्थलभन्दा २०० मिटर उत्तरतर्फ फेला परेको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए। गोहीले अविषेकलाई खोलाको विपरीत दिशातर्फ तानेको प्रहरीको अनुमान छ। चितवन निकुञ्ज र आसपासका खोलानालामा घडियाल र मगर गोही पाइन्छन्। घडियाल ...
आफ्नै शरीरमा आगो लगाउँदा एक पुरुषको जलेर मृत्यु

आफ्नै शरीरमा आगो लगाउँदा एक पुरुषको जलेर मृत्यु

Breaking News 2, ताजा अपडेट, बागमती, समाचार
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–९, कपरफोरीमा सोमबार बिहान ६ः०० बजे एक पुरुषले आफ्नो शरीरमा आफैँले आगो लगाउँदा जलेर मृत्यु भएको छ । कपरफोरीका ५६ वर्षीय वीरबहादुर राउतले आफू सुत्ने कोठामा आफैँले शरीरमा मट्टितेल खन्याई आगो लगाउँदा शरीरको कम्मरदेखिको माथिल्लो भाग सुकुलसहित जली घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापश्चात् इलाका प्रहरी कार्यालय रत्ननगरको प्रहरी टोलीले सोमबार बिहान ६ः५० बजे घटनास्थल जाँच गरी मुचुल्कापश्चात् शव पोस्ट मार्टमका लागि भरतपुर अस्पताल पठाएको जनाएको छ ।...
रोटरी पूर्वी चितवनद्वारा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री तथा भोजन वितरण

रोटरी पूर्वी चितवनद्वारा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री तथा भोजन वितरण

Breaking News 1, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
चितवन, असार १७ गते  | रोटरी क्लब अफ पूर्वी चितवनले आफ्नो नयाँ कार्यकालको सुरुवातको अवसरमा रत्ननगर–५, झुवानी स्थित श्री भुवानी माध्यमिक विद्यालय (दृष्टिविहीन इकाई) का विद्यार्थीहरूलाई शैक्षिक सामग्री र भोजन वितरण गरेको छ। क्लबका नवनियुक्त अध्यक्ष गुण बहादुर अर्याल(महेश)को नेतृत्वमा सम्पन्न उक्त कार्यक्रम क्लब सदस्य रोटेरियन कुमार खनालकी छोरीको जन्मदिनको विशेष अवसरमा उहाको सहयोगमा आयोजित गरिएको हो। कार्यक्रमको सञ्चालन क्लबकी सचिव रेणुका कार्की (रोजी)ले गर्नुभएको थियो। कार्यक्रममा पुर्व अध्यक्ष अनुप अधिकारी, अन्य क्लब सदस्यहरू तथा विद्यालयका शिक्षक–शिक्षिका एवं विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।   “सेवा नै धर्म हो” भन्ने मूल भावनाका साथ रोटरी क्लब अफ पूर्वी चितवनले दृष्टिविहीन विद्यार्थीहरूको शिक्षामा टेवा पुर्‍याउने उद्देश्यले कापी, कलम लगायतका शैक्षिक सामग्र...
रोट्र्याक्ट ३२९२, जोन-१४ द्वारा “जोनल ओलम्पिक सम्मान समारोह” सम्पन्न

रोट्र्याक्ट ३२९२, जोन-१४ द्वारा “जोनल ओलम्पिक सम्मान समारोह” सम्पन्न

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, शिक्षा, समाचार, स्वास्थ्य
चितवन | रोटर्‍याक्ट डिस्ट्रिक्ट ३२९२ अन्तरगत जोन १४ द्वारा आयोजना गरिएको जोनल ओलम्पिक सम्मान समारोह शनिबार दियालो फूडल्याण्ड, भरतपुरमा भव्य रूपमा सम्पन्न भयो। ओलम्पिक प्रतियोगितामा सक्रिय सहभागी जोन १४ का १२ क्लबहरू, निर्णायकहरू, स्वयंसेवकहरू र अग्रजहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा १०० भन्दा बढी सहभागीहरू उपस्थित थिए। कार्यक्रमका प्रमुख अतिथि सन् २०२६-२७ का लागि रोट्र्याक्ट जिल्ला प्रतिनिधि मनोनित प्रकाश गैरे शर्मा, विशिष्ट अतिथिको रूपमा डिस्ट्रिक्ट ३२९२ का चार्टर डी.आर.आर. राजन पिया, र विशेष अतिथिको रूपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि.का प्रिन्सिपल वाई.बी. पौडेलको उपस्थिति रहेको थियो। शर्माले रोट्र्याक्टले युवाहरूलाई नेतृत्व, व्यक्तित्व विकास, सामाजिक सेवा, तथा समुदाय निर्माणमा योगदान पुर्‍याउने सुनौलो अवसर दिने बताउनुभयो। चार्टर डी.आर.आर. राजन पियाले सम्बोधनको क्रममा ...
चितवनमा विश्व रक्तदाता दिवस : १,७१७ जनाले रक्तदान गरी बनाए राष्ट्रिय रेकर्ड

चितवनमा विश्व रक्तदाता दिवस : १,७१७ जनाले रक्तदान गरी बनाए राष्ट्रिय रेकर्ड

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार, स्वास्थ्य
चितवन, ३१ जेठ । ब्लड डोनर्स सोसाइटी चितवनले विश्व रक्तदाता दिवस २०२५ को अवसरमा शनिबार भरतपुरस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा रक्तदान महोत्सव आयोजना गरेको छ । रगतको अभावले उपचारमा कठिनाइ भइरहेको अवस्थामा आयोजित यो महोत्सवमा १,७१७ जनाले रक्तदान गरेका छन् । कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले एक समारोहबीच गरिन् । बिहान ७ बजेदेखि बेलुकीसम्म चलेको रक्तदान कार्यक्रममा रत्ननगर क्षेत्रबाट मात्रै करिब ५०० जनाले रक्तदान गरेको ब्लड डोनर्स सोसाइटी रत्ननगरका अध्यक्ष रमेश नेपालले जानकारी दिए । रक्तदान महोत्सवले एकै दिनमा एकै ठाउँमा सञ्चालित रक्तदान कार्यक्रममध्ये नेपालकै सर्वाधिक रगत संकलन गर्दै राष्ट्रिय रेकर्ड समेत कायम गरेको उनले दावी गरे । मेयर दाहालले चितवन अस्पतालहरूको केन्द्र बन्दै गएको सन्दर्भमा यस्ता महोत्सवले रगतको अभाव समाधान गर्न महत्वपूर्ण भूमिका खेल्न...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज