चितवन, असार १७ गते | रोटरी क्लब अफ पूर्वी चितवनले आफ्नो नयाँ कार्यकालको सुरुवातको अवसरमा रत्ननगर–५, झुवानी स्थित श्री भुवानी माध्यमिक विद्यालय (दृष्टिविहीन इकाई) का विद्यार्थीहरूलाई शैक्षिक सामग्री र भोजन वितरण गरेको छ।
क्लबका नवनियुक्त अध्यक्ष गुण बहादुर अर्याल(महेश)को नेतृत्वमा सम्पन्न उक्त कार्यक्रम क्लब सदस्य रोटेरियन कुमार खनालकी छोरीको जन्मदिनको विशेष अवसरमा उहाको सहयोगमा आयोजित गरिएको हो।
कार्यक्रमको सञ्चालन क्लबकी सचिव रेणुका कार्की (रोजी)ले गर्नुभएको थियो। कार्यक्रममा पुर्व अध्यक्ष अनुप अधिकारी, अन्य क्लब सदस्यहरू तथा विद्यालयका शिक्षक–शिक्षिका एवं विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

“सेवा नै धर्म हो” भन्ने मूल भावनाका साथ रोटरी क्लब अफ पूर्वी चितवनले दृष्टिविहीन विद्यार्थीहरूको शिक्षामा टेवा पुर्याउने उद्देश्यले कापी, कलम लगायतका शैक्षिक सामग्रीहरू वितरण गर्नुका साथै स्वादिष्ट भोजनको व्यवस्था पनि गरेको हो।
क्लबका अध्यक्ष अर्यालले नयाँ कार्यकालको आरम्भलाई सेवा मार्फत गर्ने अवसर पाउनु गौरवको विषय रहेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता समाज–केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइने प्रतिवद्धता व्यक्त गर्नुभयो।
विद्यालय परिवार तथा विद्यार्थीहरूले क्लबप्रति आभार व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गरेका छन्।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।