दशैंमा घर जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी औषधि
काठमाडौं | नेपालीहरूको महान् चाड बडादशैँको आगमनसँगै राजधानी शहर छाड्नेको चहलपहल बढेको छ । विभिन्न कामका लागि राजधानी बसे, आजबाट विद्यालयहरूमा बिदा सुरु हुने र पारिवारिक मिलनका लागि आफ्नो गाउँ फर्कनेको चहलपहल बढेको छ । अब स्वास्थसंस्थाहरु पनि केही समय बन्द रहन्छन् भने ग्रामीण भेगको यात्राका कारण सहज स्वास्थ्य सेवा पनि नपाउन सकिन्छ ।
त्यो भन्दा महत्त्वपूर्ण कुरा त बसको यात्रामै पनि धेरैलाई बान्ता हुने हुन्छ । त्यसैले लामो दूरीको यात्राका क्रममा स्वास्थ्यसम्बन्धी कुनै समस्या नहोस् भन्नका लागि तपाईँले केही औषधि साथमा बोक्नु राम्रो हुन्छ ।
दशैँमा घर जाँदै गर्दा तपाईँले यस्ता केही औषधिहरू छुटाउनु हुँदैन :
मास्क
अहिले हामी बिस्तारै गर्मी यामलाई छोडेर चिसोयाममा प्रवेश गरिरहेका छौँ । यस्ताे बेला मौसमी रुघाखोकीको संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग अनिवार्य छ । त्यसबाहेक, धुलो ध...




















