बागमतीमा १२ भन्दै धेरै स्वास्थ्य संस्थामा क्षति

हेटौँडा । गत बिहीबारदेखि आएको अविरल वर्षापछिको बाढी पहिरोका कारण स्वास्थ्य संस्थाहरूमा क्षति पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाह प्रभावित बनेको छ । बाढी पहिरो र डुबानबाट बागमती प्रदेशका विभिन्न जिल्लाका एक दर्जन स्वास्थ्य संस्थामा क्षति पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाह प्रभावित बनेको छ । सबैभन्दा बढी भक्तपुर जिल्लाका स्वास्थ्यमा स्वास्थ्य संस्थामा अविरल वर्षापछि डुबानमा परेर क्षति र सेवा प्रवाह प्रभावित भएको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।भक्तपुर नगरपालिका वडा नं. ७ मा रहेको सिद्धि मेमोरियल बाल अस्पतालको तल्लो तला डुबानमा परी प्रयोगशाला र आतपकालीन सेवा प्रभावित बनेको छ ।

मन्त्रालयका अनुसार भक्तपुर नगरपालिका १ मा रहेको डा. इवामुरा अस्पताल र बिपी आईईएनटी तल्लो तला डुबानमा परेका कारण सेवा प्रवाह प्रभावित भएको छ । साथै भक्तपुर नगरपालिका ३ को आरोग्य मल्टी स्पेसियालिटी अस्पताल र ललितपुर महानगरपालिका १८ को मेडिसिटी अस्पतालको तल्लो तला डुबानमा परेका कारण सेवा सेवा प्रभावित भएको छ । सिन्धुपाल्चोकको चौतारा नगरपालिका ५ स्थित सिन्धुपाल्चोक प्रादेशिक अस्पतालको नयाँ भवन पछाडि पहिरो गए पनि भवनमा क्षति नपुगेको मन्त्रालयको भनाई छ ।

उता दोलखा जिल्लाको बिगु गाउँपालिका ५ स्थित स्वास्थ्य चौकीको पहिरोका कारण अति जोखिममा परेको मन्त्रालयका सूचना अधिकारी रविन भुसालले जानकारी दिनुभयो । अविरल वर्षाका कारण भरतपुर महानगरपालिका ३ को नगरवन आधारभूत स्वास्थ्य केन्द्रको तल्लो तला डुबान र माडी नगरपालिका ३ को आयुर्वेद औषधालय डुबानमा परेको छ ।

उता काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका ८ को भोलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा क्षति भएको छ भने दोलखाको तामाकोकी गाउँपालिका ५ किर्नेटार सामुदायिक क्लिनिकको भवन र स्वास्थ्य सामाग्री बगाएको छ । यस्तै दोलखाकै मेलुङ गाउँपालिका ६ को डाँडा खर्क स्वास्थ्य चौकी रुख ढलेर पानी ट्याङ्की र सोलार प्यानलमा क्षति पुगेको मन्त्रालयको तथ्याङ्क छ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज