कुपोषण हटाउन सबैको हातेमालो आवश्यक : मुख्यमन्त्री शाह

कैलाली। सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले बालबालिकामा व्यापक कुपोषण अन्त्य गर्न गैरसरकारी संस्थाहरूको हातेमालो आवश्यक रहेको बताउनुभएको छ । वर्ल्ड भिजन इन्टरनेस्नल नेपालद्वारा कैलालीको धनगढीमा आयोजित “ईनअफ“ अभियानको प्रदेश स्तरीय शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री शाहले सो कुरा बताउनुभएको हो ।

सुदूरपश्चिममा कार्यरत गैरसरकारी संस्था र प्रदेश सरकारबिच समन्वयको अभाव भएको बताउनुहुँदै मुख्यमन्त्री शाहले प्रदेशका बालबालिकामा कुपोषण अन्त्य गर्न सहकार्यमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, “सुदूरपश्चिममा कार्यरत गैरसरकारी संस्थाहरूले मन्त्री बोलाउने, प्रमुख अतिथि बनाउने तर कसरी सहकार्य गर्ने भन्ने विषयमा छलफल नगर्ने गतिविधिको अन्त्य हुनुपर्छ ।”

कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका बालबालिकामा कुपोषणका समस्या रहेको जसको नैतिक जिम्मेवारी प्रदेश सरकार लिन तयार रहेको बताउनुभयो । विगतमा पनि आफूले कुपोषण अन्त्य गर्न पोषणकीटको अभियान सञ्चालन गर्न चाहे पनि संघसंस्थाहरुले सहयोग गर्न नखोजेको उहाँले दुखेसो व्यक्त गर्नुभयो । सुदूरपश्चिमका हरेक घरमा पोषणयुक्त खाने कुराको जरुरी छ । जनताको घरदैलोमै पुगेर पोषणयुक्त खाने कुरा पुगाउनमा सबैको हातेमालो आवश्यक रहेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री शाहले भन्नुभयो, “सरकारले जारी गरेको बजेट र योजना कार्यान्वयन गर्न चुनौती छ । आफू अनुकूल काम भए ठिक नभए बेठिक भन्ने प्रवृत्तिको अन्त्य हुनु जरुरी छ तसर्थ सबैले सामूहिकतालाई अङ्गाल्न जरुरी छ ।”

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री वीर बहादुर थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का र प्रदेश सभा सदस्यहरूले सुदूरपश्चिममा बढ्दै गएको कुपोषण हटाउन प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार तथा पोषण सुरक्षामा ध्यान दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण बुटवल–१८ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अध...

एसियाली खेलकुदमा इतिहास बदल्ने लक्ष्यमा नेपाल

नेपालले २०औँ एसियाली खेलकुदमा क्वाटरफाइनलको तगारो पार गर्दै इतिहास रच्ने लक्ष्य लिएको छ। विगतका तीन संस्करणमा क्वाटरफाइनलमै रोकिए...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूक...
‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ शनिबार मध्यरातमा सामाजिक सञ्जालमा गरेको एक पोस्टका कारण हाल विवादमा तानिएका छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज