दशैंमा घर जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी औषधि

काठमाडौं |  नेपालीहरूको महान् चाड बडादशैँको आगमनसँगै राजधानी शहर छाड्नेको चहलपहल बढेको छ । विभिन्न कामका लागि राजधानी बसे, आजबाट विद्यालयहरूमा बिदा सुरु हुने र पारिवारिक मिलनका लागि आफ्नो गाउँ फर्कनेको चहलपहल बढेको छ ।  अब स्वास्थसंस्थाहरु पनि केही समय बन्द रहन्छन् भने ग्रामीण भेगको यात्राका कारण सहज स्वास्थ्य सेवा पनि नपाउन सकिन्छ ।

त्यो भन्दा महत्त्वपूर्ण कुरा त बसको यात्रामै पनि धेरैलाई बान्ता हुने हुन्छ । त्यसैले लामो दूरीको यात्राका क्रममा स्वास्थ्यसम्बन्धी कुनै समस्या नहोस् भन्नका लागि तपाईँले केही औषधि साथमा बोक्नु राम्रो हुन्छ ।

दशैँमा घर जाँदै गर्दा तपाईँले यस्ता केही औषधिहरू छुटाउनु हुँदैन : 

मास्क

अहिले हामी बिस्तारै गर्मी यामलाई छोडेर चिसोयाममा प्रवेश गरिरहेका छौँ । यस्ताे बेला मौसमी रुघाखोकीको संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग अनिवार्य छ । त्यसबाहेक, धुलो धुवा, रुघाखोकी, भाइरल लगायत विभिन्नखाले सङ्क्रमणजन्य रोगबाट बच्न मास्कको प्रयोग अनिवार्य छ ।

बान्ता रोक्ने औषधी

कतिपय मानिसलाई लामो दूरीको यात्रामा बान्ता हुने गर्छ । जसका कारण मोसन सिकनेस, हावाको सिकनेस आदि हुन सक्छ । यदि कसैलाई मोसनको समस्या वा बान्ता आउने समस्या छ भने ओन्डेमलगायका औषधिको प्रयोगबाट यो समस्यालाई रोक्न सकिन्छ । यस्ता औषधि यात्रा गर्नु पूर्व करिब आधा घण्टा अगाडि सेवन गर्नुपर्छ । यसले बान्ता आउन नदिनुका साथै तपाईँलाई निद्रा लगाउँछ ।

बिरामीको नियमित औषधि

कुनै पनि बिरामीले यात्रा गर्दा आफ्नो नियमित औषधि भने बोक्न छुटाउनु हुँदैन। नियमित औषधि छुट्यो भने आफूले प्रयोग गरिरहेको औषधि सबै ठाउँमा पाइन्छ भन्ने हुँदैन। त्यसैले आफ्नो नियमित औषधि नछुटाउनुहोस्

प्राथमिक उपचारका सामग्री

लामो यात्रा गर्दा जहिले पनि प्राथमिक उपचारका लागि सामग्री बोक्न आवश्यक छ। यात्राको बेलामा कहिलेकाहीँ चोटपटक लाग्न सक्छ। जसको उपचारका लागि घाउ बाँध्ने टेप, ब्यान्डिज, काटेको घाउमा लगाउने औषधि, ह्याण्डी प्लाष्ट,पट्टी, डेटोल लगायतका सामाग्री बोकेर यात्रा गर्न सकिन्छ। यस्ता सामग्री बोक्दा सामान्य चोटपटकको उपचार आफैँ गर्न सकिन्छ।

पखाला रोक्ने औषधि

बसमा लामो दुरीको यात्रा गर्दा अचानक पेट सम्बन्धी समस्या उत्पन्न हुनसक्छ । विशेषगरी पखाला लाग्दा वा तारनतार दिशा लागेमा तथा अचानक पेट दुखेमा यात्रा कष्टकर बन्न सक्छ । त्यसको रोकथामका लागि पखाला रोक्ने तथा पेटको दुखाई कम गर्ने औषधी साथमा राख्नुपर्छ ।

बच्चाको डाइपर र स्यानिटरी प्याड

यात्राको क्रममा साथमा साना बच्चाहरू छन् भने बच्चाले प्रयोग गर्ने डाइपर बोक्न अनिवार्य हुन्छ। बच्चाहरूले बेलाबेलामा दिसा पिसाब गर्दा सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ।

यस्तै महिलाले यात्रामा छुटाउनै नहुने स्यानिटरी प्याड हो । महिनावारीको समय नजिकिँदै छ भने झनै छुटाउनै हुँदैन। स्यानिटरी प्याड सबै ठाउँमा किन्न नपाइन सक्छ। त्यस कारण आफूलाई आवश्यक नपरे पनि छेउछाउका अन्य व्यक्तिहरूले बोक्न बिर्सिँदा प्रयोग गर्न सजिलो हुन्छ। एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज