तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुँदै, मह उत्पादनलाई प्राथमिकता
खैरहनी । उद्योग वाणिज्य संघ खैरहनीको आयोजनामा पुस ५ गतेदेखि १६ गतेसम्म तेस्रो खैरहनी महोत्सव २०८१ हुने भएको छ । पूर्वी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुऱ्याउने उद्देश्यले कृषि, पर्यटन र संस्कृतिको क्षेत्रलाई प्राथमिकता दिँदै महोत्सव आयोजना गरिएको आज बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
महोत्सवमा विभिन्न पेशा, व्यापार, उद्योग, व्यक्ति, युवा, वृद्ध तथा विद्यार्थीवर्ग गरी करिब २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ । करिब एक करोड बाह्र लाखको लगानीमा सञ्चालन हुन लागेको यस बृहत महोत्सवमा सवारी साधनहरुसहित गरी करिब १५ करोड वरावरको कारोवार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालले जानकारी दिए ।
‘पर्यटन, कृषि, उद्योग र व्यापार, खैरहनी नगर विकासको मूल आधार’ भन्ने मूल नाराकासाथ तेस्रो खैरहनी महोत्सव–२०...




















