Advertisement

तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुँदै, मह उत्पादनलाई प्राथमिकता

खैरहनी । उद्योग वाणिज्य संघ खैरहनीको आयोजनामा पुस ५ गतेदेखि १६ गतेसम्म तेस्रो खैरहनी महोत्सव २०८१ हुने भएको छ । पूर्वी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुऱ्याउने उद्देश्यले कृषि, पर्यटन र संस्कृतिको क्षेत्रलाई प्राथमिकता दिँदै महोत्सव आयोजना गरिएको आज बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

महोत्सवमा विभिन्न पेशा, व्यापार, उद्योग, व्यक्ति, युवा, वृद्ध तथा विद्यार्थीवर्ग गरी करिब २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनु‌मान गरिएको छ । करिब एक करोड बाह्र लाखको लगानीमा सञ्चालन हुन लागेको यस बृहत महोत्सवमा सवारी साधनहरुसहित गरी करिब १५ करोड वरावरको कारोवार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालले जानकारी दिए ।

‘पर्यटन, कृषि, उद्योग र व्यापार, खैरहनी नगर विकासको मूल आधार’ भन्ने मूल नाराकासाथ तेस्रो खैरहनी महोत्सव–२०८१, लदरा खोला किनार, खैरहनी–२ मा आयोजना हुनेछ । महोत्सवमा २५० वटा स्टल रहनेछ । महोत्सवमा कृषि प्रदर्शनी तथा प्रतियोगिता, क्रेता बिक्रेता अन्तरक्रिया कार्यक्रम,स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, राष्ट्रियस्तरका व्यावसायिक गोष्ठी तथा सेमिनार, शैक्षिक, अटो यातायात प्रदर्शनी, खाना तथा सांस्कृतिक महोत्सव,पर्यटन प्रवर्द्धनका विविध कार्यक्रमहरु बाल उद्यानको व्यवस्था, सेल्फी जोनको व्यवस्था,फ्रि वाईफाई, स्वास्थ्य शिविर संचालन हुने संयोजक खनालले बताए ।

तेस्रो खैरहनी महोत्सवको अवसरमा पर्सा बजारको चिनारी तथा बजार प्रवर्धन गर्ने लक्ष्यका साथ म्या‌ङ्गो जनज्योति सिनेमाहल क्षेत्रमा पौष १३ गते देखि १५ गतेसम्म फूड फेस्टिबलको आयोजना गर्ने, खैरहनी नगरपालिकासँग समन्वय गरी मौरीपालक किसानहरुको प्रोत्साहनको लागि महको प्रवर्धनमा जोड दिने ,व्यवसायिक साझेदारी प्रयास स्वरुप महोत्सवको प्रवेश टिकटको आधारमा म्याड्‌ङ्गो जनन्योति सिनेमा हल र मौलाकालिका केबलकारको टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

पत्रकार सम्मेलनमा उद्योग वाणिज्य महासंघ बागमती प्रदेश उपाध्यक्ष गुणराज श्रेष्ठ, संघका पुर्व अध्यक्षहरु, पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनना बोल्दै उद्योग वाणिज्य महासंघ बागमती प्रदेश उपाध्यक्ष गुणराज श्रेष्ठले पहिलो र दोस्रो महोत्सव सफल बनाईसकेकाले पहिलाको अनुभव लिएर तेस्रो पटकको महोत्सवलाई पनि सफल बनाउने बताए । यस पटकको महोत्सवलाई जिल्लाका सबै स्थानीय तहले अपनत्व लिएकाले थप उर्जा मिलेको श्रेष्ठले जानकारी दिए ।

संघले महोत्सवको लक्ष्य र उदेश्य निम्नानुसार रहेको छ ।
१, उद्योगी र उपभोक्ताहरुको सोझो सम्पर्कको स्थापना गराई व्यवसाय वृद्धि गर्ने ।
२, उत्पादित बस्तुहरुको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने ।
३, उद्योगीहरुका बिच समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने ।
४, उपलब्ध प्रविधि हस्तान्तरणमा सहयोग पुऱ्याउने ।
५, औद्योगिक पर्यटनलाई बढावा दिन सूचना र प्रविधिको आदानप्रदान गर्ने र पर्यटन तथा सूचना केन्द्र संचालन गर्ने ।
६, कृषकहरुलाई कृषि उपजको विषयमा जानकारी प्रदान गर्ने ।
७, आन्तरिक एवम बाह्य पर्यटकको जमघट गराई पर्यटन प्रवर्द्धन गराउने ।
८, नयाँ सम्भावनाको खोजी, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने ।
९, व्यवसायी, दर्शक उपभोक्ताहरुका राय, सल्लाह तथा सुझावहरु संकलन गर्ने ।
१०, निकासी योग्य वस्तुहरुको पहिचान र प्रवर्द्धनमा सहयोग पुऱ्याउने ।
११, साना तथा मझौला व्यवसायी एवम् निकासीकर्ताहरुवीच प्रत्यक्ष सम्पर्क एवम् व्यापारिक कारोबारको संभावना खोजी गरि ब्यापारलाई बढावा दिने लगायत रहेका छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज