Advertisement

बागमती

नारायणगढ–मुग्लिन सडक दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

नारायणगढ–मुग्लिन सडक दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

बागमती, समाचार
चितवन | नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । घाइते पाँच जनामध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।...
जलवायु परिवर्तनको असर, गैँडाको अस्तित्व खतरामा

जलवायु परिवर्तनको असर, गैँडाको अस्तित्व खतरामा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
नारायणगढ | जलवायु परिवर्तनको प्रत्यक्ष असर गैँडामा पर्ने देखिएको छ । जलवायु परिवर्तनले हुने अतिवृष्टि र अनावृष्टिका कारण जैविक विविधतामा प्रभाव पर्दा यसको प्रत्यक्ष असर गैँडामा पर्ने विज्ञहरूले औँल्याएका छन् । जलवायु परिवर्तनको प्रभावले गैँडामा पर्ने असरबारे विद्यावारिधि गर्नुभएका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जलवायु परिवर्तनको असरले आगामी ५० वर्षभित्र गैँडाको वासस्थान खुम्चिने दाबी गर्नुभयो । “कुल भूभागको दुई प्रतिशत मात्रै अहिले नेपालमा गैँडाका लागि वासस्थान योग्य क्षेत्र छ । यो क्षेत्रमा पनि ५० वर्षपछि ३० प्रतिशतभन्दा बढी खुम्चिने अवस्था छ,” उहाँले थप्नुभयो, “अतिवृष्टि भयो भने बाढीले असर गर्छ, अनावृष्टि भयो भने पानीका मुहान सुकेर संरक्षित क्षेत्रमा वन्यजन्तुका लागि पानीको अभाव हुन्छ । अतिवृष्टिको प्रभाव त अहिले नै देखिएको छ ।” २०७४ साल साउन २८ गते...
भरतपुर अस्पतालमा ‘निलो रूख’

भरतपुर अस्पतालमा ‘निलो रूख’

Breaking News 2, बागमती, समाचार, स्वास्थ्य
चितवन | मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउने उद्देश्यले भरतपुर अस्पतालमा निलो रूख स्थापना गरिएको छ। मानसिक स्वास्थ्यका विषयमा ‘चेतना फैलाऔँ र खुलेर चर्चा गरौँ’ भन्ने उद्देश्यसहित निलो रूख स्थापना गरिएको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा पहिलो निलो रूख भरतपुर अस्पतालको परिसरभित्र स्थापना गरिएको छ। ‘हाम्रा घर, विद्यालय, समाज र कार्यक्षेत्रमा मानसिक स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम गर्नु आवश्यक छ’, उनले भने, ‘कतिपय मानसिक स्वास्थ्यका बारेमा खुलेर जिज्ञासा राख्न नसक्ने भएकाले भविष्यमा विभिन्न स्वास्थ्य समस्या आउने भएकाले समयमा नै सचेतना फैलाउनु जरुरी छ।’ कार्यक्षेत्रहरुमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाऔँ, बहस गरौँ र चासो देखाऔँ भन्ने सङ्केत गर्न निलो रूख स्थापना गरिएको प्रा डा पौडेलले बताए । उनका अनुसार अष्ट्रेलियामा के...
द्वारिका नेपाल स्मृति पुरस्कार गजलकार अनुजलाई

द्वारिका नेपाल स्मृति पुरस्कार गजलकार अनुजलाई

बागमती, समाचार
चितवन | भरतपुर-४ निवासी गजलकार विनोद अनुज द्वारिका नेपाल स्मृति पुरस्कारबाट पुरस्कृत भएका छन् । गजल मञ्च चितवनको नवौं अधिवेशनमा गजलकार अनुजलाई पुरस्कार अर्पण गरिएको हो । अधिवेशन उदघाटन समारोहका प्रमुख अतिथि गजल मञ्चका पूर्वअध्यक्ष प्रभाकर पण्डितले गजलकार अनुजलाई सम्मानपत्रसहित पुरस्कार अर्पण गरेका हुन् । गजल मञ्चको अध्यक्ष भइरहँदा २०७८ साल असोजमा दिवंगत भएका द्वारिका नेपालको स्मृतिमा सोही वर्ष गजल मञ्चले पुरस्कार स्थापना गरेको थियो । भरतपुर घर भई हाल अस्ट्रेलियामा रहेका भानु खरेलले पुरस्कार सौजन्य गरेका हुन् । पुरस्कारको राशी २५ हजार रूपैयाँ छ । पुरस्कृत स्रष्टा अनुजले कार्यक्रममा केही गजल सुनाएका थिए । उनले पुरस्कारको रकम भरतपुर ४ मा रहेको ज्ञानज्योति पुस्तकालयको भवन निर्माणका लागि हस्तान्तरण गरेका छन् । मञ्चका अध्यक्ष लेखराम सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशन उदघाटन कार्यक्रममा ...
भरतपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भरतपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बागमती, समाचार
चितवन | भरतपुर महानगरपालिका–१ रामनगरमा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।सोमवार साँझ ६ः२० बजेको समयमा मुग्लिङबाट आउँदै गरेको बा ३ ख ९०७६ नम्बरको बसले रामनगरको परेवाश्वरी पेट्रोल पम्प अगाडि बिपरीत दिशाबाट जाँदै गरेको ना ५९ प १७८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्करबाट घाइते भएका भरतपुर–१४ बस्ने ५४ वर्षीय धनप्रसाद भट्टको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । भट्टलाई चिकित्सकले सोमवार साँझ ६ः५० बजे मृत घोषणा गरेका हुन् ।दुवै सवारी साधन र बस चालक राप्ती नगरपालिका–२ गडौली बस्ने ३६ वर्षीय काजी बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
इच्छाकामनाले निर्माण गर्‍यो चिस्यान केन्द्र

इच्छाकामनाले निर्माण गर्‍यो चिस्यान केन्द्र

बागमती, समाचार
मुग्लिन(चितवन) | इच्छाकामना गाउँपालिकाले रु २० लाख लागतमा चिस्यान केन्द्र निर्माण गरेको छ । कृषि उपजलाई भण्डारण गर्न लागि वडा नम्बर ३ स्थित फिस्लिङमा रहेको कृषि भवनमा गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गरेको हो । चिस्यान केन्द्र अभावमा किसानले सस्तोमा सागसब्जी तथा फलफूल बेच्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले केन्द्र निर्माण गरेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । किसानको माग र आवश्यकताका आधारमा भविष्यमा पनि चिस्यान केन्द्र निर्माण गर्ने उनले बताए । अध्यक्ष गुरुङका अनुसार कृषिजन्य उत्पादनको सङ्कलन तथा बिक्रीका लागि कृषि भवन निर्माण गरिएको हो । उक्त भवनमा स्थानीय दुई वटा कृषि सहकारी र कृषि समूहसँग सहकार्य गरेर सागसब्जी बिक्रीको व्यवस्था मिलाइएको छ । सो स्थानमा केन्द्र निर्माण भएको हो । निकट भविष्यमा सहकारीमार्फत किसानलाई बीउबिजन मल र आवश्यक औजार सुपथ मूल्यमा उपलब...
रत्ननगरमा १ करोड ५० लाखको लगानीमा कृषिमार्ट सञ्चालन

रत्ननगरमा १ करोड ५० लाखको लगानीमा कृषिमार्ट सञ्चालन

बागमती, ब्यापार
रत्ननगर । रत्ननगरको टाँडी बजारमा १ करोड ५० लाखको लगानीमा जनजागृति सहकारी संस्था लि.ले सहकारी कृषिमार्ट सञ्चालनमा ल्याएको छ । मार्टको बुधबार रत्ननगर नगर पालिकाका मेयर प्रलाद सापकोटाले औपचारिक उद्घाटन गरेका हुन् । ४० लाख रत्ननगर नगरपालिका र १ करोड १० लाख सहकारीले लगानी गरेर मार्ट संचालनमा ल्याएको सहकारीका अध्यक्ष माधवप्रसाद पौडेलले जानकारी दिए । मार्टमा स्थानीयले उत्पादन गरेको वस्तु तथा सेवाको प्रवद्र्धन गर्ने मुख्य लक्ष्य लिएको पौडेलको भनाई छ । मार्ट मा दैनिक उपभोग्य वस्तु खाद्यान लगायत स्थानिय स्तरमा उत्पादित सामाग्री उपलब्ध हुने पौडेलले बताए । उद्घाटन कार्यक्रममा नगरपालिकाका उपमेयर यादव प्रसाद पाठक , वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र घिमिरे , वडा नम्बर ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल,जिल्ला सहकारी संघ चितवनका वरिष्ठ उपाध्यक्ष प्रेम दुवाडी , पंचकन्या जल उपभोक्ता संघका अध्यक्ष विष्ण...
तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुँदै, मह उत्पादनलाई प्राथमिकता

तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुँदै, मह उत्पादनलाई प्राथमिकता

ताजा अपडेट, बागमती, ब्यापार, समाचार
खैरहनी । उद्योग वाणिज्य संघ खैरहनीको आयोजनामा पुस ५ गतेदेखि १६ गतेसम्म तेस्रो खैरहनी महोत्सव २०८१ हुने भएको छ । पूर्वी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुऱ्याउने उद्देश्यले कृषि, पर्यटन र संस्कृतिको क्षेत्रलाई प्राथमिकता दिँदै महोत्सव आयोजना गरिएको आज बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । महोत्सवमा विभिन्न पेशा, व्यापार, उद्योग, व्यक्ति, युवा, वृद्ध तथा विद्यार्थीवर्ग गरी करिब २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनु‌मान गरिएको छ । करिब एक करोड बाह्र लाखको लगानीमा सञ्चालन हुन लागेको यस बृहत महोत्सवमा सवारी साधनहरुसहित गरी करिब १५ करोड वरावरको कारोवार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालले जानकारी दिए । ‘पर्यटन, कृषि, उद्योग र व्यापार, खैरहनी नगर विकासको मूल आधार’ भन्ने मूल नाराकासाथ तेस्रो खैरहनी महोत्सव–२०...
नारायणगढ–बुटबल सडकखण्डमा अत्याधुनिक सिसी क्यामेरा जडान गरिने

नारायणगढ–बुटबल सडकखण्डमा अत्याधुनिक सिसी क्यामेरा जडान गरिने

ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार
नवलपुर । नारायणगढ–बुटबल सडकखण्डमा अत्याधुनिक सिसी क्यामेरा जडान गरिने भएको छ । सिसी क्यामेरा नहुँदा दुर्घटनाका कारण पत्ता लगाउन र दुर्घटनापछि फरार हुनेहरुको खोजी गरी अनुसन्धान गर्न सजिलो हुने भएकाले जिल्ला प्रहरी कार्यालयले अत्याधुनिक क्यामेरा जडान गर्ने तयारी गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहले चालक र गाडीको गतिसमेत डिटेक्ट गर्ने एनपिआर क्यामेरा जडान गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार एउटा क्यामेराको मूल्य एक लाख २५ हजार रूपैयाँ पर्छ । उक्त रकम जिल्लाका पालिकाबाट प्राप्त हुने र कुन पालिकाले कति रूपैयाँ दिने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसहितको छलफलबाट तय हुने उनले जानकारी दिए । बाटो विस्तारका क्रममा रहेकाले अहिले नारायणगढ–बुटबल सडकखण्डमा राखिएका क्यामेराहरु हराएका र केही बिग्रेको अवस्थामा छन् । हाल दुम्किबासमा एउटा मात्र सिसी क्यामेरा...
भरतपुर महानगरले गरिदियो ९२३ छोरीको जीवन बिमा

भरतपुर महानगरले गरिदियो ९२३ छोरीको जीवन बिमा

ताजा अपडेट, बागमती, समाचार, स्वास्थ्य
भरतपुर । भरतपुर महानगरपालिकाले हालसम्म ९२३ छोरीको जीवन बिमा गरिदिएको छ । महानगरको २०७९ जेठ ११ गतेको निर्णय र भरतपुर महानगरपालिका छोरी जीवन बिमा गर्नेसम्बन्धी कार्यविधि, २०७९ (प्रथम संशोधन २०७९) अनुसार महानगरले छोरीहरुको जीवन बिमा गरिदिएको हो । चालू आव २०८१/८२ को हालसम्म ८० जना छोरीको जीवन बिमा भइसकेको महानगरले जनाएको छ । छोरी जीवन बिमासम्बन्धी पहिलो कार्यविधि २०७९ असार ३१ गते प्रमाणीकरण भएको थियो । संशोधित कार्यविधि २०७९ माघ २९ गते प्रमाणीकरण भई कार्यान्वयन भएको हो । महानगरभित्र स्थायीरुपमा बसोवास गर्ने र सरकारी स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएकी आमाले छोरी जन्माए ती छोरीको महानगरले जीवन बिमा गरिदिने गरेको छ । छोरी जीवन बिमाका लागि बुबाआमाले आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिनुपर्ने महानगरको महिला, बालबालिका तथा समाजकल्याण शाखाकी वरिष्ठ महिला विकास अधिकृत एवं जीवन बिमा कार्यान्वयन ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज