Advertisement

भरतपुर अस्पतालमा ‘निलो रूख’

चितवन | मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउने उद्देश्यले भरतपुर अस्पतालमा निलो रूख स्थापना गरिएको छ। मानसिक स्वास्थ्यका विषयमा ‘चेतना फैलाऔँ र खुलेर चर्चा गरौँ’ भन्ने उद्देश्यसहित निलो रूख स्थापना गरिएको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा पहिलो निलो रूख भरतपुर अस्पतालको परिसरभित्र स्थापना गरिएको छ। ‘हाम्रा घर, विद्यालय, समाज र कार्यक्षेत्रमा मानसिक स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम गर्नु आवश्यक छ’, उनले भने, ‘कतिपय मानसिक स्वास्थ्यका बारेमा खुलेर जिज्ञासा राख्न नसक्ने भएकाले भविष्यमा विभिन्न स्वास्थ्य समस्या आउने भएकाले समयमा नै सचेतना फैलाउनु जरुरी छ।’

कार्यक्षेत्रहरुमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाऔँ, बहस गरौँ र चासो देखाऔँ भन्ने सङ्केत गर्न निलो रूख स्थापना गरिएको प्रा डा पौडेलले बताए । उनका अनुसार अष्ट्रेलियामा केन्डाल ह्वाइट र उनको समूहले शुरु गरेको यो अभियान नेपालमा पहिलोपटक आइपुगेको हो।

अष्ट्रलियाल जेडेन ह्वाइटले सन् २०१८ मा आत्महत्या गरेपछि मानसिक स्वास्थ्यका बारेमा खुला बहस हुनुपर्छ भन्ने मान्यता लिएर सुकेको रूखमा निलो रङ पोतेर यो अभियानको थालनी भएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज