Advertisement

बागमती

बागमतीमा १२ भन्दै धेरै स्वास्थ्य संस्थामा क्षति

बागमतीमा १२ भन्दै धेरै स्वास्थ्य संस्थामा क्षति

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार, स्वास्थ्य
हेटौँडा । गत बिहीबारदेखि आएको अविरल वर्षापछिको बाढी पहिरोका कारण स्वास्थ्य संस्थाहरूमा क्षति पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाह प्रभावित बनेको छ । बाढी पहिरो र डुबानबाट बागमती प्रदेशका विभिन्न जिल्लाका एक दर्जन स्वास्थ्य संस्थामा क्षति पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाह प्रभावित बनेको छ । सबैभन्दा बढी भक्तपुर जिल्लाका स्वास्थ्यमा स्वास्थ्य संस्थामा अविरल वर्षापछि डुबानमा परेर क्षति र सेवा प्रवाह प्रभावित भएको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।भक्तपुर नगरपालिका वडा नं. ७ मा रहेको सिद्धि मेमोरियल बाल अस्पतालको तल्लो तला डुबानमा परी प्रयोगशाला र आतपकालीन सेवा प्रभावित बनेको छ । मन्त्रालयका अनुसार भक्तपुर नगरपालिका १ मा रहेको डा. इवामुरा अस्पताल र बिपी आईईएनटी तल्लो तला डुबानमा परेका कारण सेवा प्रवाह प्रभावित भएको छ । साथै भक्तपुर नगरपालिका ३ को आरोग्य मल्टी स्पेसियालिटी...
काभ्रेको रोशीमा फसेका यात्रुलाई उद्धार गर्न हेलिकप्टर परिचालन

काभ्रेको रोशीमा फसेका यात्रुलाई उद्धार गर्न हेलिकप्टर परिचालन

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार
काभ्रे | तीन दिनसम्म परेको वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको विभिन्न ठाउँमा सडक नै बगाएपछि अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ । सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टर पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर बिहान पौने १० बजे त्यसतर्फ गएको छ । हिजो शनिवार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास गरिएको भए पनि सफल हुन सकेको थिएन । खाद्यान्नसहित उडेको हेलिकप्टर अवतरणका लागि उचित ठाउँ नपाएपछि पुनः धुलिखेल फर्किएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले बताउनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा फसेकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न आज विहानैबाट तयारी थालिएको थियो । सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । उनीहरुमध्ये बिरामी, ...
भरतपुर महानगरले भत्कायो खोला मिचेर बनाएको लायन्स क्लबको भवन

भरतपुर महानगरले भत्कायो खोला मिचेर बनाएको लायन्स क्लबको भवन

Breaking News 1, बागमती, समाचार
चितवन | भरतपुर महानगरपालिकाले भरतपुर र नारायणगढको बिचोबिच भएर बग्ने पुङ्गी खोला मिचेर बनेका संरचनाहरू भत्काउन सुरु गरेको छ । बुधबार बिहान नारायणगढ लायन्सचोकको लायन्स भवनमा महानगरले डोजर लगाएर यसको सुरुआत गरेको छ । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरूको उपस्थितिमा डोजरले भवन भत्काउन सुरु गरिएको हो । भरतपुर महानगरपालिका–११ भोजाड गणेशथानबाट सुरु भएको पुङ्गीखोला वडा नम्बर ३ र ४ को सिमाना हुँदै नारायणी नदीमा गएर मिसिन्छ । महानगरपालिका नापी अधिकृत विकास देवकोटाका अनुसार साढे ६ किलोमिटर पुङ्गी खोलाको नक्सा अनुसार नाँपजाच पूरा भएको छ । खोला कही तीन चार मिटर र कहीँ १०र१२ मिटर चौडा रहेको उनले बताए । यो भित्र बनेका संरचनाहरू भत्काउन सुरु भएको हो । पुङ्गी खोला सौन्दर्यात्मक करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजना चितवन कार्यालयल...
‘बचत फिर्ता नगर्नेलाई म दुःखीको आँशु लागोस्’

‘बचत फिर्ता नगर्नेलाई म दुःखीको आँशु लागोस्’

Breaking News 2, ताजा अपडेट, बागमती, समाचार
चितवन — खैरहनी नगरपालिका–१ बहेरीकी बगडी महतोले बुढेसकालमा आफूलाई राम्रो होला भनेर थोरै थोरै रकम बचत गरेर सहकारीमा राख्न थालेकी थिइन् । साहारा बहुउद्देश्यीय सहकारी संस्थाको रत्ननगर शाखामा आफूले बचत रकम जम्मा गरेको उनले बताइन् । अहिले त्यो सबै रकम खाइदिएको उनको गुनासो छ । एकल महिला भएका कारण उनले सामाजिक सुरक्षा भत्ता पाउँछिन् । ५३ वर्षीया उनी दैनिक निमेक–मजदुरी पनि गर्छिन् । ‘गाउँमा भोज–भतेर हुँदा रातिसम्म भाँडा माझ्ने गर्छु । खेतमा ज्याला मजदुरी गर्छु,’ उनले भनिन्, ‘भत्ताको पैसा र केही जोहो गरेको रकम सहकारीमा जम्मा गरेकी थिएँ । अहिले सबै खाइदिए ।’ बुढेसकालमा आफूलाई राम्रो होला भनेर थोरै थोरै रकम बचत गरेर सहकारीमा राख्न थालेको उनले सुनाइन् । २०७८ सालको भदौतिरबाट आफूले सहकारीमा पैसा राख्न थालेको उनको भनाइ छ । तर वर्ष दिन हुँदा नहुँदै बचत फिर्ता पाउन गाह्रो भयो । एक दिन साह्रै बिरामी भएर उप...
लघु चलचित्र लेहरको तेश्रो सिक्वेल ‘लेहर-३’ सार्वजनिक (भिडियो)

लघु चलचित्र लेहरको तेश्रो सिक्वेल ‘लेहर-३’ सार्वजनिक (भिडियो)

ताजा अपडेट, बागमती, मनोरञ्जन, समाचार
चितवन। थारु महिलाहरुको महान चाड जितियाको अवसरमा डीयर लभ फिलिम्स युट्युब च्यानलमार्फत थारु भाषा लघु चलचित्र लेहरको तेश्रो सिक्वेल ‘लेहर-३’ सार्वजनिक गरिएको छ । लघु चलचित्रको लेखन/निर्देशन किशोर चौधरीले गरेका हुन् । निर्देशक चौधरीले यसअघि दर्जनभन्दा बढी लघु चलचित्र ,चलचित्र,म्युजिक भिडियोलगयत्को निर्देशन गरिसकेका छन् भने कार्यकारी उत्पादक महेश चौधरीले अन्य म्युजिक भिडियोमा गीत तथा स्वर देएका छन् । किशोर चौधरीको सम्पादनमा नै रहेको चलचित्रमा किशोर चौधरी, आस्मा महतो, सुस्मिता महतो, बुद्धिराम महतो, जितेन्द्र चौधरीलगायतले अभिनय गरेका छन् । थारु महिलाको धर्मिक आस्थालाई यथार्त चित्रन गरेएको विषयवस्तु चलचित्रमा उतारिएको छ । हेर्नुस् भिडियो: https://www.youtube.com/watch?v=qbbyXd46Y0Y...
सौराहामा नेपाल राष्ट्रिय मुटु तथा फक्सो रोग समाजको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

सौराहामा नेपाल राष्ट्रिय मुटु तथा फक्सो रोग समाजको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

बागमती, समाचार, स्वास्थ्य
चितवन | चितवनको पर्यटकीय नगरी सौराहामा हिजो देखि नेपाल राष्ट्रिय मुटु तथा फक्सो रोग समाजको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । स्टारमा भिडियो एक्स–रे इको अडियोग्राफी सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको सोसाइटीका अध्यक्ष डा शंकर लौडारी, पूर्व अध्यक्ष डा श्यामराज रेग्मी, पूर्व अध्यक्ष डा मणिराम प्रसाद गौतमले सौराहाको होटलमा दीप प्रज्वलन गरी संयुक्त रुपमा उद्घाटन गरेका थिए । आयोजना गरिएको पहिलो सम्मेलनका अध्यक्ष डा लाउडारिलेले भिडियो एक्सरेले मुटु रोगको उपचारमा नयाँ प्रविधि भित्र्याएर नयाँ आयाम दिएको बताउनुभयो । उनले अब नेपाली मुट्टु र फक्सोको उपचारका लागि विदेश जानु नपर्ने, विज्ञ र प्रविधि हामीसँग उपलब्ध रहेको बताए । मुलुकमा डाक्टरको सहभागिता ७ प्रतिशतले बढ्यो विरामीको उपचारमा किन आवश्यक छ भिडियो एक्स–रे विश्वभर इकोकार्डियोग्राफी गर्ने काम कुन–कुन हुन्छ, कस्तो उपचार गरिन्छ भन्ने विष...
सेन्ट्रल मोडल कलेजद्वारा ६४ विद्यार्थीलाई छात्रबृत्ती घोषणा

सेन्ट्रल मोडल कलेजद्वारा ६४ विद्यार्थीलाई छात्रबृत्ती घोषणा

ताजा अपडेट, बागमती, शिक्षा
भरतपुर । सेन्ट्रल मोडल कलेजले भरतपुर महानगरपालिकाका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रबृत्ती दिने घोषणा गरेको छ । भरतपुर ओरालोमा रहेको कलेजले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी कलेजबाट सञ्चालित व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रममा छात्रबृत्ती घोषणा गरेको हो । कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलले संविधान दिवसको अवसर पारेर बिशेष छात्रवृत्ती घोषणा गरेको बताउनुभयो । उहाँले उच्चशिक्षाको पहुँचलाई थप प्रवद्र्धन गर्न कलेजमा सञ्चालित बिआइएम र बिएचएम अध्ययनका लागि भरतपुर महानगर भित्रका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रवृत्ती उपलब्ध गराउने बताउनुभयो । महानगरपालिकाका २९ वटै वडाका एक÷एक विद्यार्थी र यहाँका ३५ सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका एक/एक विद्यार्थीलाई पचास प्रतिशत छात्रबृत्ती प्रदान गरिने अध्यक्ष पौडेल...
भरतपुर ४ मा नेकपा एमालेको दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

भरतपुर ४ मा नेकपा एमालेको दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

बागमती
चितवन | नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नम्बर ४ कमिटीले २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । असोज २ र ३ गते प्रशिक्षण कार्यक्रम गरेको हो । कार्यक्रममा ६७ जनालाई प्रशिक्षण गराइएको छ । पहिलो दिनको प्रशिक्षणमा नेकपा एमाले केन्द्रीय सल्लाहाकार सदस्य सूर्य शर्मा लामिछानेले जवजको बारेमा प्रशिक्षण दिएका थिए भने निवर्तमान जिल्ला अध्यक्ष एवम् महानगर इन्चार्ज रामप्रसाद न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए । आज असोज ३ गतेको प्रशिक्षणमा नेकपा एमाले स्कूल विभाग सदस्य एवम् प्रशिक्षक गोपी नेपालले पार्टी संगठनका बारेमा प्रशिक्षण गरेका थिए भने जिल्ला अध्यक्ष कमलराज पाठकले केपी ओली सरकारले ३ वर्षको अवधिमा गरेका काम, निर्वाचनको बेलामा पार्टीले गरेका प्रतिवद्धता र जिल्लाले तयार पारेको वार्षिक कार्य योजनाका बारेमा प्रशिक्षण गरेका थिए । पार्टी पोलिटब्यूरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज...
शान्ति ज्योती युवा समाजको कार्यालय उद्घाटन

शान्ति ज्योती युवा समाजको कार्यालय उद्घाटन

धर्म संस्कृति, बागमती
रत्ननगर । शान्ति ज्योती युवा समाजको कार्यालय उद्घाटन तथा नवदुर्गा पुजाको तयारीका बारेमा विहीबार अन्तरक्रिया कार्यक्रमम गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलले कार्यालय उद्घाटन गरेका हुन । सोही अबसरमा बडा दसैंको अबसरमा शान्तिचोकमा गरिने नवदुर्गा पुजालाई व्यवस्थित गर्ने विषयमा समेत छलफल गरिएको समाजका अध्यक्ष अशोक भूषालले जानकारी दिए । कार्यक्रममा वडाध्यक्ष खरेलले शान्तिज्योति युवा समाजले स्थानीय स्तरमा गरेको कामको प्रशंसा गर्दै स्थानीय सरकार सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्र नं.१ का क्षत्रीय सचिव उमेश गिरी, रत्ननगर जेष्ठ नागरिक समन्वय समितिका अध्यक्ष छविलाल घिमिरे, समाजसेवी पुरषोत्तम गिरी, हिरामणी लामिछाने, कृष्णप्रसाद घिमिरे, सुवास उप्रेती, ध्रुव भुषाल, सुजन थापा, गणेश टोल विकास संस्थाको अध्यक्ष शोभा शर्मा, स...
महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सहकार्य

महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सहकार्य

अर्थ, बागमती
काठमाडौँ | महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच अन्तरदेशीय क्यूआर पेमेन्ट सुविधाको प्रवर्द्धन गर्न सहकार्य भएको छ । नेपाल आएका भारतीय नागरिकलाई क्यूआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न बैंक र मनकामनाबीच मंगलबार उक्त सहकार्य भएको हो । बैंकले फोन पेसँगको सहयोगमा उक्त सुविधा ल्याएको जनाएको छ । योसँगै भारतीय भुक्तानी सेवा प्रदायकका माध्यमबाट बैंकले उपलब्ध गराएको क्यूआर कोडमा स्क्यान गरी मनकामना मन्दिरको दर्शन शुल्क तिर्न सकिने बैंकले बताएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज