‘बचत फिर्ता नगर्नेलाई म दुःखीको आँशु लागोस्’

चितवन — खैरहनी नगरपालिका–१ बहेरीकी बगडी महतोले बुढेसकालमा आफूलाई राम्रो होला भनेर थोरै थोरै रकम बचत गरेर सहकारीमा राख्न थालेकी थिइन् । साहारा बहुउद्देश्यीय सहकारी संस्थाको रत्ननगर शाखामा आफूले बचत रकम जम्मा गरेको उनले बताइन् । अहिले त्यो सबै रकम खाइदिएको उनको गुनासो छ ।
एकल महिला भएका कारण उनले सामाजिक सुरक्षा भत्ता पाउँछिन् । ५३ वर्षीया उनी दैनिक निमेक–मजदुरी पनि गर्छिन् । ‘गाउँमा भोज–भतेर हुँदा रातिसम्म भाँडा माझ्ने गर्छु । खेतमा ज्याला मजदुरी गर्छु,’ उनले भनिन्, ‘भत्ताको पैसा र केही जोहो गरेको रकम सहकारीमा जम्मा गरेकी थिएँ । अहिले सबै खाइदिए ।’
बुढेसकालमा आफूलाई राम्रो होला भनेर थोरै थोरै रकम बचत गरेर सहकारीमा राख्न थालेको उनले सुनाइन् । २०७८ सालको भदौतिरबाट आफूले सहकारीमा पैसा राख्न थालेको उनको भनाइ छ । तर वर्ष दिन हुँदा नहुँदै बचत फिर्ता पाउन गाह्रो भयो । एक दिन साह्रै बिरामी भएर उपचार खर्चका लागि १० हजार रुपैयाँ झिक्न जाँदा पनि आफूले पैसा नपाएको उनले सुनाइन् । ‘सहकारीमा एक लाख रुपैयाँभन्दा धेरै पैसा थियो । तर सो पैसा अब आउने नआउने केही आशा छैन,’ उनले भनिन्, ‘आपत परेर जाँदा त पाइनँ । अब के आश भो र
सरकारले छानबिन समिति बनाएको, चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको बारेमा केही कुरा पनि उनलाई पत्तो छैन । उनका दुई छोराका पाँच जना नातिनातिनीको बाल बचत खाता पनि सोही सहकारीमा छ । मेरो छोरीले खाजा नखाएर १० २० रुपैयाँ सहकारीमा राख्ने गरेकी थिई,’ बगडीकी बुहारी रिताले भनिन् । बगडीकै छिमेकी ४१ वर्षीया संगीता महतोको पनि सहकारीमा बचत थियो । संगीताका छोरा सविनले पनि दुःख गरेर कमाएको पैसा सहकारीमा राखेका थिए । ‘हामीलाई लाग्छ अब सबै पैसा डुब्यो । हाम्रो पैसा धेरै थिएन । त्यस्तै १ लाख रुपैयाँजति हो,’ संगीताले भनिन्, ‘तर यसका लागि हाम्रो रगत र पसिना मिसिएको छ । घाम नभनेर, रात नभनेर जुठा भाँडा माझेर कमाएको पैसा हो । त्यही लगेर जम्मा गरेका थियौं अहिले बिचल्ली पारे । बचत गरेको पैसा फिर्ता नगर्नेलाई म दुःखीको आँसु लागोस्, बगडीले भनिन् । उनको कुरामा संगीता पनि सहमत छिन् । भन्छिन्, ‘यस्तो मिहिनेतले जुटाएको पैसा कसरी पचाउलान् र हाम्रो रगत र पसिनाले त पक्कै पोल्ला नि ’
आफूहरूलाई दैनिक ज्याला मजदुरी नगरी खान नपुग्ने भएकाले सहकारीको पछि लागेर हिंड्न नसक्ने पनि उनीहरूले सुनाए । ‘गएको पैसा अब फिर्ता देऊ भनेर कहाँ कहाँ धाउने रु’ संगीताले भनिन्,‘जति चिच्याए र कराए पनि सुनुवाइ भएन । हामीजस्ता गरिब गुरुवालाई दुःख दिने र हाम्रो पैसा खानेलाई के राम्रो होला र

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज